मुटुरोग खानपान र जीवनशैलीका कारण बढ्दैछ

पहिले पहिले मुटुरोगलाई पाका मान्छेहरुको रोग मानिन्थ्यो । तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो गरि फैलिएको पाइन्छ । मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ । यसको उपचार अब झापाको बिर्तामोड स्थित बीएण्डसी टिचिङ्ग हस्पिटलमा पनि सुरु भएको छ । पूर्वमा मुटु रोगको विषयमा विशेषज्ञता हासिल गरेका डाक्टरहरु छैनन् अब बीएण्डसीमा सुरु भएको छ । मौकाको फाइदा उठाउनु होला आफ्नो मुटुको जानकारी लिनका लागी वर्षमा एक पटक आफ्नो स्वास्थ्यको जाँच गराउनै पर्छ । मुटु रोगको अवस्था र बीएण्डसी हस्पिटलमा सुरु भएको उपचारको विषयमा बीएण्डसी हस्पिटलका मुटु रोग विशेषज्ञ(डीएम कार्डियोलोजिष्ट) डा.राजेश पञ्जियारसंग आमसञ्चार डट.कम.का नरेन्द्र ढकालले गरेको कुराकहानीको सम्पादित अंश–

डा.राजेश पञ्जियार

तपाईको आगमनसंगै बीएण्डसीमा मुटुरोगको उपचार सुरु भएको छ । बीएण्डसीमै किन आउनु भयो ?

– मुटुरोगको उपचार गर्ने विशेषज्ञ डाक्टर पूर्वमा नभएको र पूर्वका बिरामीलाई लषित गरेर म यहाँ आएको हुँ । मुटु रोगको विषयमा डीएम कार्डियोलोजिष्ट गर्ने हामी थोरै मात्र डाक्टर रहेका छौं । सबै मेरा साथीहरु हुन् । उनीहरु कोही राजधानीका अस्पतामा छन् भने कोही चितवन, लगायतका जिल्लामा रहेका अस्पतालहरुमा कार्यरत रहेका छन् ।

पूर्वमा मुटुरोगको विषयमा उपचार गर्ने डीएम डाक्टर नभएकाले मैले बीएण्डसी हस्पिटललाई रोजेको हुँ । यस अस्पतालका सञ्चालक दुर्गा प्रसाईले झापामा नै सबै रोगको उपचार गर्ने हिसाबले सञ्चालनमा ल्याउन भएको अस्पतालमा मुटु रोगको उपचार प्रभावकारी हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै म आएको हुँ ।

बीएण्डसीमा अब मुटुरोगसम्बन्धी के कस्ता सेवा उपलब्ध हुन्छ ?

– बीएण्डसीमा यसअघि पनि समानय उपचारहरु नभएका होइनन् । उपचार भइरहेका छन् । अब भने मुटुको इको, इको कार्डियोलोजी, हल्टर, टिएमटी लगायतका उपचार सुरु भएको छ । यसले आफ्नो मुटुको अवस्था के छ ?, मुटुमा कुनै समस्या भए नभएको जानकारी पाउनुका साथै कुनै समस्या भइहालेमा तत्कालै उपचार पनि गर्न सकिन्छन् । हामीसंग सबै उपकरणहरु उपलब्ध भइसकेका छन् । यसले गर्दा मुटु रोगहुनेहरुले एक पटक आफ्नो स्वास्थयको बारेमा जानकारी पाउन सक्नुहुने छ ।

काठमाडौंमा हुने मुटु रोग उपचार र बीएढडसीमा हुने हुने उपचारको स्तर कस्तो हुन्छ ?

–यहाँका मानिसलाई लाग्ने रोग र काठमाण्डौंका मानिसलाई लाग्ने या संसारका जुनसुकै स्थानका मानिसलाई लाग्ने मुटुरोग एकै किसिमको हो ।त्यसैले काठमाण्डौंमा हुने उपचार र यहाँ हुने उपचार पनि एकै किसिमको हुन्छ । काठमाण्डौंमा मात्र राम्रो हुन्छ भन्ने धेरैको भ्रम हुन सक्छ । जहाँ गएपनि उपचार विधि र प्रक्रिया एउटै हो ।

मुटु रोगको उपचार गर्ने डीएम कार्डियोलोजिष्ट डाक्टरले नै हो त्यहाँ पनि उपचार गर्ने म पनि त्यही डाक्टर हुँ । यहाँ उपचार गर्ने । हामीलाई विश्वास गर्नुहोस् । यदि उपचार पद्धति र उपचार प्रक्रियामा कुनै फरक पाउनु हुन्न । त्यसैले म यहाँको सञ्चारमाध्यम मार्फत सबैसंग आग्रह गर्न चहानछु एक पटक उपचारका लागी आउनुहोस् निरास हुनुपर्ने छैन् ।

तपाईको अध्ययन र विशेषज्ञताको बारे बताईदिनु न ?

– मैले स्न २००२ देखि २००७ सम्म स्कलरसिपमा बंगलादेशमा गएर अध्उउन गरे । त्यसपछि हस्पिटलमा केही समय काम गरे । लगत्तै अध्ययनलाई निरन्तरता दिदैं मैले भरतपुर मेडिकल कलेज चितवनमा सन् २०१०–१३ सम्म अध्ययन गरेर एमडी भएँ । छोटो समय त्यहाँपनि काम गरे । तर मुटु रोगको विषयमा यतिले मात्र पुग्छ जस्तो लागेन र अध्ययनलाई निरन्तरता दिदैं मैले सोही अस्पतालबाट सन् २०१७ मा डीएम कार्डियोलोजिष्ट भएँ ।

अर्थात म मुटु रोगको विषयमा विशेषज्ञता हासिल गर्न सफल भए । त्यसपछि भरतपुरमा नै रहेर काम गरिरहेका बेला दुर्गासरसंग सक्पर्क भयो । पूर्वमा मुटुरोग सम्बन्धि डाक्टरहरु नभएको पाँए र म यहाँ मुटु रोगको सेवा दिन आएको हुँ ।

तपाई डीएम कार्डियोलोष्टि । तर यहाँ एमडी मात्र गर्नेले पनि विशेषज्ञ भनेर प्रचार गरेका छन् नि ?

– विगतमा नेपालमा मुटु रोगको विषयमा विशेषज्ञता हासिल गरेका डाक्टरहरु धेरै थोरै मात्र थिए । अर्थात डीएम गर्नेहरु त छदै थिएनन् भन्दा हुन्छ । त्यो अवस्तामा सिमित रुपमा रहेका एमडीहरुले नै मुटुरोगको उपचार गर्ने गरेका थिए । त्यो समयमा उनीहरुले गरेको सेवाको सम्मान गर्नुपर्छ । उनीहरुको भूमिका महत्वपूर्ण हो । हुदै नहुनुभन्दा त छ भन्ने हुदाँ पनि धेरै हुन्छ ।

त्यसैले त्यो समयमा एमडी गरेकाहरुले आफु नै मुटुरोग विशेषज्ञ भन्ने गरेका हुन सक्छन् । तर अब उनीहरुले पनि सोच्न जरुरी छ मैले कति अध्ययन गरेको छु मेरो विषेशज्ञता के हो भनेर । अब नेपालमा डीएम गरेका चिकित्सकहरुको उत्पादन सुरु भइसकेको छ । वर्षमा नेपाल आफैले ६–७ जना डाक्टरको उत्पदान गर्न थालेको छ । जो चिकित्सकहरु कुनै एक विषयमा विशेषज्ञता हासिल गरेका हुन्छन् ।

त्यसैले एमडी मात्र गरेर अब चिकित्सकसाथीहरुले आफुलाई विषेशज्ञ भन्नु चाँही भ्रमको खेती हुन्छ । यो विषयमा बेलैमा साचेर आफुलाई परिमार्जन गर्न जरुरी छ । तपाईको एउटा भ्रमले गर्दा हजारौं विरामी ठगीन सक्छन् त्यसैले आफुलाई विषय विज्ञता तर्फ डोहो¥याउन जरुरी छ ।

अहिले मुटु रोगीको अवस्था कस्तो छ ?

– पहिले पहिले मुटुरोगलाई पाका मान्छेहरुको रोग मानिन्थ्यो । तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो गरि फैलिएको पाइन्छ । मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ । प्रायः गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै आफुलाई मुटुरोग रहेको कुरा थाहा पाउन सकिन्छ, केही लक्षणहरुको आधारमा ।

यदि त्यस्ता लक्षणहरु देखिए र उपचार तर्फ लागियो भने मुटुरोगबाट ज्यान गुमाउनुपर्ने जोखिम घट्ने छ । तर मुटुरोगको प्रारम्भिक अवस्थामा उपचार नगर्ने र रोग छिप्पिँदै गएपछि भने त्यसको उपचार पनि कठीन र बढि महंगो समेत हुन्छ । त्यसरी कतै आफुलाई पनि मुटुरोग पो छ की ? भनेर सचेत बन्नुपर्छ । वर्षमा एक पटक भएपनि आफ्नो स्वास्थ्यको जाँच गराउनु पर्छ । अब काठमाण्डौंसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ । यसले गर्दा तपाईको मुटु कस्तो छ भन्नका लागी एक पटक जाँच गराएर आफुलाई ढुक्क बनाउनु होला ।

यसको कारण के होला ?

– पछिल्लो समय बढेको मुटुरोगको समस्याको एउटै कारण हो । खानपान, ब्यस्त जीवनशैली, तनाव, रहनसहन हो । हामी जतीधेरै परि?म गछौं । त्यसले हामीलाई स्वास्थ्य बनाउन मद्धत गर्छ । एक सातामा तपाई ४ दिनपनि आफ्नो शरीरबाट पसिना आउने गरी काम गर्नुहुन्न वा शारीरिक ब्याम गर्नुहोनन् भने तपाईको स्वास्थ्य जोखिममा पर्दै जान्छ । यो कुरा बुझन जरुरी छ ।

 

एक तपाई तारेको, मुटेको, चिल्लो मात्रा भएको र मादक पदार्थ तथा धुम्रापान गर्नुहुन्छ भने त्यसले तपाईको मुटुलाई गम्भिर असर परिरहेको हुन्छ । त्यसले गर्दा पछिल्लो समय युवा अवस्थाका मानिसहरु पनि मुटु रोगको जोखिममा पर्दै गएका छन् । पछिल्लो समय ह्दयघात धेरै हुनुको कारण पनि यहि हो त्यसलै आफ्नो स्वास्थ्यको बारेमा बेलैमा सोचन जरुरी छ ।

स्वास्थ्य मुटुका लागी के गर्नुपर्छ ?

– साधारणतयाः मुटुका मांसपेशी र यसको कार्यक्षमता ३० वर्षको उमेरपछि कम हँुदैं जान्छ । यस्तो घट्ने क्रम कम गर्नका लागि शारीरिक गतिविधि बढाउँदैं लैजानुपर्छ । हामीलाई के कुरा थाहा छैन भने उमेर बढ्दै गएपछि हामी कति निष्क्रिय हुन्छौं । उमेर, सम्पत्ति र पेशागत कुरा बढ्दै गएपछि शारीरिक रुपमा हामी कार्यालय तथा घरको दैनिक क्रियाकलापमा निष्क्रिय हुँदैं जान्छौं । त्यसैले हामीले क्यालोरी नष्ट गर्न उपयुक्त कोशिस गर्नुपर्छ । यसका लागि हाम्रो दैनिक जीवन व्यायामसहितको क्रियाशिल हुनुपर्छ । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ ।

प्रत्येक दिन शारीरिक तवरमा सक्रिय वा क्रियाशिल रहने लक्ष्य राख्नुहोस् । तौल बढी वा ज्यादै मोटोपन भए पनि तपाईं स्वस्थ रहनसक्नुहुन्छ । २५ हजारभन्दा बढी स्वयम्सेवक र अनुसन्धानकर्ताले एउटा अध्ययनबाट के पत्ता लगाए भने शारीरिक तौलभन्दा तन्दुरुस्ती मृत्युको सशक्त भविष्यवाणीकर्ता हो । बढी तौल भएको तर शारीरिक रुपमा ठीक नभएको मानिसभन्दा बढी तौल भएपनि शारीरिक रुपमा तन्दुरुस्त मानिसमा मृत्युको खतरा कम हुन्छ । युवाहरुले प्रत्येकदिनजस्तो ४० देखि ५० मिनेट व्यायाम गर्नुपर्छ ।

नियमित खाना खानु स्वास्थ्यवद्र्धक खानाको महत्वपूर्ण भाग हो । दिनभरिमा कम्तीमा ५ पटक थोरै थोरै खाना खानुपर्छ र खान कहिल्यै पनि छाड्नुहुँदैंन । खाना छाड्नेले त्यसपछिको खाना खाँदा धेरै खाने सम्भावना बढी हुन्छ । जहिले जहाँ पायो त्यहाँ खाएको भन्दा योजनाबद्ध तरिकाले समय समयमा खाएको खाना बढी सन्तुलित हुन्छ । त्यसैले सबैभन्दा महत्वपूर्ण विषय भनेको खानपान र जीवनशैली हो त्यसलाई सुधार गर्नुहोस् । तपाई सधैं स्वास्थ्य रहनसक्नु हुन्छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com