युएईकालागी नव नियुक्त कार्यबाहक राजदुतको भव्य स्वागत   

[सुर्य खवास]
युएई,
गैैर आवासिय नेपाली संघ युएई, राष्ट्रीय समन्वय समिती र नेपाल आदिवासी जनजाती महासंघ युएईको संयुक्त आयोजनामा युएईका नेपालि राजदुतावसका नब नियुक्त कर्मचारीहरुको स्वागतमा हिजो २१ जनवरिका दिन दुबई स्थित अरेबियन कोर्टयार्ड होटलमा एक कार्यक्रम  सम्पन्न भएको छ ।
युएईकालागी नेपाली दूतावासकालागि नव नियुक्त उपनियोग प्रमुख एवं  कार्यबाहक राजदूत महामहिम श्री सागर फ़ुयाल, श्रम सहचारी श्री मोतीराम भुसाल र तृतीय सचिब श्री नारायण ज्ञवालिको स्वागतमा ५ दर्जन बढि युएईमा कृयाशिल नेपाली संघसस्थाहरु एउटै मंचमा भेला भएका हुन ।
सहभागी संस्थाका प्रतिनिधिहरुले नवआगन्तुक कर्मचारीहरुलाई खादा, अबिर, टोपी लगाइदिएर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा सरिक भएका संस्थाका प्रतिनिधिहरुले नयाँ कर्मचारीहरुलाई नेपाल र नेपालीको इज्जत बढाउने कार्य गर्न सुझाएका थिए । यूएईमा कार्यरत नेपालीहरुका समस्याहरु समधान गर्न नयाँ टिमले अझ क्रियाशीलता देखाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै  लुम्बिनी वेल्फेयर सोसाइटीका अध्यक्ष गीतामणि पाण्डेल, नेपाल  विजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा,  नेप्लिज सोसिएल क्लबका अध्यक्ष सालिक सवेदि, नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष भुपराज बस्याल, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष उत्तम अधिकारी, नेपाल एयरलाइन्सका कन्ट्री मेनेजर रमेश पौडेल, नेपाल लोक दोहोरी प्रतिष्ठानकि  ओमकुमारी खाँड, एनआरएन मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, नेपाल आदिवासी जनजाती महासंघ युएईका पुर्ब अध्यक्ष  डेर राज गुरुङ आदिले युएईमा नेपालीहरुले भोगेका समस्याहरु बुदागत रुपमा राख्दै समस्याहरुको सुनुवाइको लागि दूतावासले पहल गरेमा यहाँका संघसस्थाले आगमनमा मात्र स्वागत होइन सफल कार्यको खुसियालीमा पनि यसैगरी खुशीसाथ बिदाइ गर्न पाइयोस भन्दै सुभकामना दिएका थिए।
सम्मान सहित लगाइदिएको खादालाई आफ्नो  जिम्मेवारी सम्झिएको बताउदै नेपाली दुतावास अबुधाबीका नव आगन्तुक कर्मचारीहरुले बिधिसम्मत गर्न मिल्ने र नियमकानुनको परिधिभित्र  रहेर आफुहरु सधै यहाँ रहेका नेपाली संघसस्थाहरु संग सहकार्य गर्न तयार रहेको बताएका
एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव कुमार बलामीले उपस्थित सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन एनआरएन युएईका महासचिव कृष्ण पौडेलले गरेका थिए ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com