शिव परियारको ‘चारैतिर’ मा रमेश र जुनु

झापा ,

गायक शिव परियारको आवाजमा रहेको गीत ‘चारैतिर’सार्वजनिक भएको छ । विमल गौतमको शब्द, राम सिटौलको संगीतमा रहेको गजलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरीएको हो ।

पछिल्लो समय म्युजिक भिडियोमा ख्याति कमाउँदै गरेका निर्देशक सुन्दर लावतीको एक्सन कटमा तयार पारिएको म्युजिक भिडियो झापामा छायाङ्कन गरीएको हो ।

भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र गायिका तथा मोडल जुनु प्रसाईले अभिनय गरेका छन् । गीत आफैँमा राम्रो भएकाले यसको म्युजिक भिडियोबाट राम्रो आशा गरीएको संगीतकार राम सिटौलाले बताए ।

मोफसलमा पनि म्युजिक भिडियो निमार्ण राम्रो हुने भएकाले ‘चारैतिर’को छायाङकनको लागी झापा रोजीएको संगीतकार सिटौलाको भनाई छ ।। भिडियोलाई अर्जुन सापकोटाले छायाङ्कन तथा अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com