‘हिमाल सागरले काली नभनेकाे स्पष्टीकरण दिए

हिमाल सागरको आवाज रहेको ‘काली भन्या छैन मैले….’ गीत सार्वजनिक भएको छ ।

मोडल पुष्प खड्का र भावना राईलाई फिचरिङ् गरिएको काली भन्या छैन मैले गीतको भिडियो सार्वजनिक भएको हो । प्राय आफ्नै शब्द संगीतमा गीत गाउन रुचाउने हिमाल पछिल्लो समयमा भने बाहिरि ब्यानरका गीतहरु समेत गाउन थालेका छन् ।

हिमाल सागरले गाएको गीतको भिडियोमा मानिसले कतिपय अवस्थामा जानेर या नजानेर पनि गल्ती गर्ने गरेका हुन्छन् । यस्ता गल्तीहरु मान्छेले मान्छेलाई गर्ने सम्बोधनमा पनि हुने गरेका हुन्छन् । त्यस्तो सम्बोधनमा अर्को व्यक्तिले चासो लिएन भने त ठिकै हो तर अर्को व्यक्ति रिसाई दियो भने चाहीँ खुलेर स्पष्टीकरण नदिई सुखै पाईंदैन । यस्तै एउटा बाध्यताको सामना गरेको देखाउँन खोजिएको छ ।

वर्तमान समयमा अति व्यस्त गायक तथा सङ्गीतकार ताराबीर पाण्डेको उत्कृष्ट सङ्गीत रहेकाे उक्त गीतकाे रचनाकार सर्जक दिलीप घिमिरे हुन । साच्चै हेर्नुपर्ने भिडियो बनेकाे बताउँछन् सङ्गीतकार ताराबीर ।उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युवबाट सार्वजनिक भएको छ ।

गीतको एरेञ्ज बिनोद रसाईंलीले गरेका हुन् । जनकराज अधिकारीको छायाँकनमा राघव आचार्यले निर्देशन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका हुन् । अडियोको रेकर्डिङ सहित भिडियोको बजार व्यवस्थापन स्डुडियो यमनले गरेको छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com