Aamsanchar

पानीट्याङकीमा नेपाली बिरामी ठगीने क्रम बढ्यो, सिडियो भन्छन्– कारबार्ही गर्छु

Author Image
आइतवार, माघ २१, २०७४

(नरेन्द्र ढकाल)
बिर्तामोड ।


उपचार गर्ने बहानामा भारतका विभिन्न शहरहरुमा नेपालीहरु चरम रुपमा ठगीने गरेको खुलासा भएको छ । झापासंग सिमाना जोडिएका भारतीय शहरहरुमा अवैध रुपमा सञ्चालनमा आएका क्लिनकहरुले नेपालीहरुलाई ठग्ने गरेको पाइएको छ ।

भारतका पानीट्याङ्की, सिलगुडी, नक्साल लगायतका स्थानमा छयाप्छयाप्ती खुलेका क्लिनिकहरुले नेपाली बिरामीहरुलाई विभिन्न रोग निको पार्ने भन्दै ठगी रहेका हुन् । पायल्स, फिस्टुला, फिसर लगायतका उपचार बिना अप्रेसन गर्ने भन्दै उनीहरुले नेपाली मिडियाको प्रयोग तथा नेपालमा एजेन्टहरु खटाएर भ्रम छर्दै लुट मच्चाई रहेको खुलासा भएको हो ।

झापाको बाह्रदशी गाँउपालिका –२ राजगढका कालीबहादुर भण्डारीलाई भारतको पानीट्याङ्कीमा रहेको माँ पाथीभरा क्लिनले पायल्स रोग निको पार्ने ग्यारेन्टी गरेपछि उपचार सुरु गरेका थिए । तर उनले उपचार गएपनि उनको पायल्स निको नभएको तथा दिशा घर नै साँघुरो भएपछि उनी झन समस्यामा परेका थिए । किस्ताबन्दी रुपमा रकम असुली गर्ने यस्ता क्लिनीकहरुमा रकम गएको पत्तै नपाएका नेपालीहरुले ४० औं हजारसम्म खर्च गर्दा पनि रोग निको नभएपछि उनीहरुले आफु गठीने गरेको थाहा पाउने गरेको बताएका छन् । उपचार ग्यारेन्टी, निको नभएमा सम्पूर्ण रकम फिर्ता गर्ने लगायतका भ्रमक प्रचार गरेर उनीहरुले ठगी गर्ने गरेको खुलासा भएको हो । पानीट्याङ्कीमा रहेको माँ पाथीभरा क्लिनले पायल्स रोग निको पार्ने ग्यारेन्टी गरेपछि उनले उपचार सुरु गरेका थिए ।

रोग निको नभएपनि उपचारका लागी झापाको बिर्तामोड स्थित बीएण्डसी टिचिङ्ग हस्पिटलमा उपचार गराइरहेका भण्डारीले बीएण्डसीमा उपचार गएपछि आफ्नो रोग निको हुदै गएको बताएका छन् । हस्पिटलले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतको पानीट्याङ्कीमा आफु ठगीको बताएका छन् । भण्डारीको उपचार सुधार उन्मुख भएपनि उनका दिशा चुहिने समस्या भने रहि रहन सक्ने उनको उपचारमा संलग्न डा.रोहित यादवले जानकारी दिएका छन् । उनले भारतमा दैनिक ५–१० जना बिरामीहरु ठगीने गरेको भन्दै नेपालका मिडियाहरुले यो विषयलाई उठान गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।

पानीट्याङ्कीमा रहेको माँ पाथिभराक्लिनिकले उपचार गर्न नसकेर रोग निको नभए उपचारमा लाग्ने सम्पूर्ण खर्च फिर्ता गर्ने आश्वासन दिएको तर क्रमश नेपाली ४० हजार रुपैंया असुल गरेपनि अर्को समस्या देखाउदै पन्छिने गरेको भण्डारीले बताए । विभिन्न गलत विज्ञापन गरेर नेपालीहरुलाई ठगी गर्ने गरेको भन्दै बिरामी भण्डारीले कारबार्हीको माग गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पैसाको भरमा यस्ता अर्नगल प्रचार नगर्न सञ्चारमाध्यमहरुलाई आग्रह समेत गरेका छन् ।

उपचारमा संलग्न डा. यादवले नेपालीहरुलाई भ्रममा पारेर रोगलाई जटिल बनाइरहेको बताएका छन् । उनले पायल्सको उपचार इन्जेक्सन मार्फत गर्ने पुरानो पद्धती भएपनि अब उक्त पद्धती बन्द भइसकेपनि भारतका पानीट्याङ्कीमा रहेका भोले डाक्टरहरुले यस्तो गलत उपचार गरिरहेको दाबी गरेका छन् ।

बीएण्डसी टिचिङ्ग हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले पानीट्याङ्कीमा उपचार गरेर रोग झन जटिल बनेका बिरामीहरु बीएण्डसी हस्पिटलमा महिनामा २० देखि २५ जनासम्म आउने गरेको बताए । उनले यस्तो भयावह अवस्था हुदाँ समेत भ्रममा परेर धेरै नेपालीहरु ठगीने गरेको उल्लेख गरेका छन् । आफ्नै देशमा उपचार गराए कानुनी प्रक्रिया अप्नाउन समेत सहज हुनेभन्दै नेपालमा गठी गर्नका लागी केही नेपाली झोले डाक्टरहरु पानीट्याङ्कीमा लुटको धन्दा मच्चाइरहेको दाबी गरे ।

पानीट्याङकीमा रहेको चाँदसी क्लिनीक, शान्ति पायल्स क्लिनीक, न्यू पाथीभरा क्लिनीक, माँ पाथिभरा क्लिनीक लगायतका दजनौं क्लिनीकहरुले नेपालमा दलालीहरु प्रयोग गरेर प्रचार गरिरहेको हस्पिटका कार्यकारी निर्देशक प्रसाईले बताए । उनले यस्ता दललको लोभलालचमा नफस्न सबैसंग आग्रह समेत गरेका छन् ।

बीएण्डसी हस्पिटलमा अत्याधुनिक उपकरण तथा दक्ष चिकित्सक भएकाले अब कुनै पनि बिरामीले भारत तथा अन्य कुनैपनि स्थान जानु नपर्ने जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् । केही समय अघि मात्रै झापाकै शिवसताक्षी नगरपालिका–१० जयनारायण योगीलाई भारतको पानीट्याङ्कीमा रहेको माँ पाथीभरा क्लिनले पायल्स रोग निको पार्ने ग्यारेन्टी गरेपछि उपचार गएपनि उनको अवस्था जटिल बनेपछि आफु ठगीको थाहा पाएका थिए । उनले पनि बीएण्डसी हस्पिटलमा नै उपचार गरेर रोग निको पारेको भन्दै पत्रकार सम्मेलन मार्फत नै भारतमा आफु ठगीएको घटना सार्वजानिक गरेका थिए ।

उनले इलाका प्रहरी कार्यालय कांकरभिट्टा, जिल्ला प्रशासन कार्यालयमा आफु ठगीएको भन्दै निवेदन समेत दर्ता गराएको थिए । उनले जिल्ला प्रशासन कार्यालयमा ३१५ नम्बरमा निवेदन गर्दा गराएको जानकारी दिएका गराएका थिए । निवेदन दर्ता भएपनि उनको विषयमा प्रशासनले चासो नदिएको पाइएको छ । दैनिक नेपालीहरु ठगीने गरेका घटनाहरु बढ्दै गएका बेला झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त, निवेदनको विषयमा तत्काल आवश्यक छानविन गरी कारबार्ही अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

उनले प्रशासनले कानुनको अवैज्ञा गर्नेलाई कानुनको दायरामा ल्याउने भन्दै भ्रम फैल्याएर ठगी गर्नेहरुको विषयमा निगरानी बढाउने बताएका छन् । उनले भ्रम फैल्याएर गठी गरेको पाए तत्काल कारबार्ही गर्ने चेतावनी दिएका छन् । आमसञ्चारसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी तिवारीले भने–प्रशासन कार्यालयमा दर्ता भएका उजुरीहरुको आवश्यक छानविन तत्काल थाल्छु, गलत गर्नेलाई कानुनको दायरामा ल्याई छाड्छु ।

यसैबीच नेपालका केही सञ्चार माध्यमले समेत आवश्यक कानुनी प्रक्रिया पुरा नगरि जथाभावी रुपमा विज्ञापन प्रशारण गर्दा धेरै नेपाली सर्वसाधारणहरु ठगीने गरेको भन्दै यो विषयमा स्थानीय प्रशासनले अब निगरानी बढाउनु पर्ने बीएण्डसी टिचिङ्ग हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बताएका छन् ।
यसैबीच हस्पिटलले क्यान्सरका रोगीहरुको पनि सफल शल्यक्रिया मार्फत उपचार भइरहेको जनाएको छ । झापाको कनकाई नगरपालिका–७ की ६५ वर्षीया दिलकुमारी सुब्बाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको डा.यादवले बताएका छन् ।

उनका अनुसार सुब्बाको स्तनमा भएका स–सानो गाँठो क्यान्सरको रुपमा भएका त्यसलाई फ्यालिएको छ । उनले आफ्नो उपचार बीएण्डसी हस्पिटलमा सफल रुपमा भएको भन्दै खुशी ब्यक्त गरेकी छन् । हस्पिटलले क्यानसर रोगीलाई लक्षित गरेर छुट्टै पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने तयारी स्वरुप भवन निर्माण कार्यलाई तिब्रता दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)