Aamsanchar

बीएण्डसीमा छिनेको खुट्टा जोडिएपछि ठमठमी हिडे राई

Author Image
बुधवार, माघ २४, २०७४

(नरेन्द्र ढकाल)
बिर्तामोड ।

छिनेको खुट्टा जोडिएरला र पहिलाको जस्तै ठम्ठमी हिड्न सक्ने हुन्छु होला भन्ने कुरा झापाको शिवसताक्षि नगरपालिका–४ का कमलबहादुर राईले कल्पना समेत गरेका थिएनन् । तर झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले उनको खुट्टा जोडि दिए पश्चात अहिले दङ्ग परेका छन् ।

वि.सं. २०७२ साल जेठ ३ गते झापाको डुढाबारीमा भएको सवारी दुर्घटनामा परी देब्रे खुट्टा छिनेका शिवशताक्षी नगरपालिका–४ जनताबजारका ३१ वर्षीय राईको खुट्टा पुर्ण रुपमा ठिक भएको हो । हस्पिटलले बुधबार पत्रकार सम्मेलन गर्दै राई पूर्ण रुपमा ठिक भएर साविक झै हिड्डुल गर्न सक्ने जानकारी गराएको छ ।

चटक्कै छिनेको खुट्टा जोडिएपछि उनी समयमा उपचार पाइएमा मानविय अंग जोडिनेमा विश्वस्त देखिएका छन् । पत्रकार माझ प्रफुल्ल मुद्रमा देखिएका राईले आफुले छिनेका हात खुट्टा पनि जोडिन सक्ने भनेर सुन्ने गरेको तर आफ्नै जीवनमा सोही घटना आइलाग्दा विश्वस्त भएको बताए । वैदेशिक रोजगारीबाट र्फकिएको केही समय नबित्दै आफु दुर्घटनामा परेको भन्दै उनले बीएण्डसीले नयाँ जीवन दिएको उल्लेख गरे ।

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बीएण्डसीले सफल शल्यक्रिया मार्फत राईको खुट्टा जोड्न सफल भएको भन्दै हस्पिटलले जस्तो सुकै उपचार पनि गर्न सक्ने बताएका छन् । उनले हस्पिटलमा दक्ष जनशक्तिका साथै अत्याधुनिक उपकरणहरु ल्याइएका कारण यही उपचार सम्भव भएपनि केहीले भने अन्यत्रै रेफर गरेर बिरामीको जीवन बर्बाद गर्ने काम गरिरहेको बताएका छन् । कार्यकारी निर्देशक प्रसाईले भने– सबै कुरा थाहा हुदाँ हुदै पनि कमिशनको खेलमा बिरामीको जीवनमाथि नै खेलबाड हुनु दुख्त पक्ष हो । अन्य हस्पिटलले उपचार गर्न नसकेका तत्काल नजिकै रहेको बीएण्डसीमा बिरामीलाई रेफर गरेर उनीहरुको स्वास्थ्यसंग बाच्न पाउने अधिकारको रक्षागर्न सबैसंग आग्रह गर्छु ।

उनको उपचारमा संलग्न डा.निराजन पराजुलीले दुर्घटना भएको ८ घण्टा भित्र उपचारका लागी आएमा छिनालिएको अंग जोडिन सक्ने बताएका छन् । राईको घुडा पुरै छिनेको अवस्थामा हस्पिटल ल्याइएको र चिकित्सकहरुको अथक प्रयासबाट उनको खुट्टालाई साविकै अवस्थामा पु¥याउन सफल भएको डा.पराजुलीको भनाई छ । दुर्घटना भएको तीन महिना पछि सामान्य हिड्डुल गर्न थालेको र हाल उनको उपचार गर्दा लगाइएको स्टिल पनि निकालिएको र अब उनी पूर्ण रुपमा ठिक भएको हस्पिटलले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै राईले भने–म मोटरसाइकलमा सवार थिएँ, उक्त समयमा मलाई बसले ठक्कर दियो मेरो खुट्टा अब रहेन भन्ने लागेको थियो तर तीन दिनपछि होसमा आउँदा मेरो खुट्टा जोडिएको रहेछ । बिर्तामोडमा बीएण्डसी हस्पिटल नभएको भए आफुले खुट्टा गुमाउनु पर्ने निश्चित भन्दै भने–धन्न म अपाङ्ग हुनबाट बचे ।

उनले हस्पिटलले छिनालेको हात, खुट्टा जोडेको भन्दै खुशी ब्यक्त गरे । आफु अब पुर्णरुपमा ठिक भएको पत्रकारहरुलाई बताएका छन् । चिसो मौसममा समान्य दुखाई हुन सक्ने भएकाले हेरचहारमा ध्यान दिन चिकित्सकले सुझाव समेत दिएका छन् ।

अत्याधुनिक उपकरणका साथै दक्ष चिकित्सकहरुको सेवा प्रदान गर्दै आएको हस्पिटलले विभिन्न जटिल शल्यक्रियाहरु प्नि सफलता पूर्वका गर्दै आएको डा.पराजुलीको भनाई छ । उनले हालसम्म हात तथा खुट्टा छिनेका १३ वटा शल्य क्रिया गर्दा १० वटा सफल भएको जानकारी दिएका छन् । ८ घण्टा बितिसकेपछि ल्याइएका कारण तीन वटा भने जोड्न नसकिएको उनको भनाई छ ।

कुनै दुर्घटना वा केही कारण मानविय अंग छिनेमा उक्त अंगलाई बिरामीसंग ८ घण्टामा अस्पताल ल्याई पु¥याइएमा उक्त अंग जोडिने सम्भावना प्रबल हुने चिकित्सकको भनाई छ । मेची अञ्चलकै सबैभन्दा सुविधासम्पन्न हस्पिटल रहेको र सबै उपकरणहरु पर्याप्त रहेकाले उपचारका लागी अन्यत्र धाउनु पर्ने बाध्यताको अन्त्य भएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । अधिकांश दुर्घटना बिरामीहरु बीएण्डसीमा आउने गरेका छन् ।

पूर्वका झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी तथा भारतका विभिन्न स्थानबाट समेत बिरामीहरु आउने गरेको जनसम्पर्क अधिकारी गिरीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर