Aamsanchar

प्रवासी भुजेल समाज युएईको सहयोगमा एकमाया घर पर्कदै 

Author Image
बिहिवार, माघ २५, २०७४
[सुर्य खवास]
युएई,
वैदेशिक रोजगारीको शिलशिलामा युएई आईपुगि अलपत्र परेकी तनहुँकि एकमाया थापालाई घर फिर्ताको लागि प्रवासी भुजेल समाज सेवा समिती युएईले आर्थिक सहयोग प्रदान गरेको छ ।युएईकालागी नेपाली राजदुतावासका लेवर काउन्शिलर भेष बहादुर कार्किको उपस्थितिमा प्रवासी भुजेल समाज सेवा समिती युएईका संस्थापक अध्यक्ष सुर्य बहादुर खवासले  आर्थिक सहयोग  हस्तान्तरण गर्नुभयो  ।
तनहुँ, दुलेगौडाकि एकमाया आकर्षक  काम र तलबको  प्रलोभनमा परी १० महिनाअघि दलाल मार्फत भारतको बाटो हुँदै यूएई आइपुगेकि हुन । उनलाई नेपालगञ्ज नाका हुँदै भारतको नयाँदिल्ली लगियो । त्यहाँ १४ दिन राखेपछि यूएईको अजमान ल्याईपुर्‍याएको थियो । दलालको  प्रलोभनमा परेर उहाँ  तिन वर्षकी छोरी घरमा छोडेर यूएई आएकी थिइन् ।
यहाँ आएपछि उनलाई  दुबईको जुमेरास्थित एक पाकिस्तानि परिवारमा  घरेलु कामदारका रुपमा मासिक ९०० दिराम पारिश्रमिक दिने सर्तमा  काममा लगाए पनि  नौ महिना काम गर्दा पनि घर मालिकले आफूलाई तलब बापत एक रुपैयाँ पनि नदिएको पिडित थापा बताउनु हुन्छ ।
दूतावासको आश्रयस्थलमा डेढ महिनादेखि बसिरहेकी उनी आफुलाई दैनिक २० घण्टा सम्म काम लगाउने तर तलव नपाए पछि भागेर दुतावास आईपुगेकी थिईन ।उनि भागे पश्चात  घर मालिकले उनको राहदानी यूएईको अध्यागमनमा बुझाई  दिएकाले नेपाल फर्काउन कागजपत्र मिलाउनुपर्ने हुँदा केही समय लागेको दूतावासका अधिकारीले बताए ।
सरकारले घरेलु कामदारमा रोक लगाएपछि पछिल्लो समय अवैधानिकरुपमा भारतको बाटो  हुँदै खाडी मुलुकमा आउने महिलाहरुको सख्या बढे संगै जोखिममा पर्नेको संख्या पनि सोही अनुपातमा बढदै गएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)