Aamsanchar

नमूनाको अध्यक्षमा पुनः लम्साल

Author Image
बिहिवार, माघ २५, २०७४

चारपाने, माघ २५ । नमुना कृषक समूह समिति अध्यक्षमा छविलाल लम्साल सर्वसम्वत चयन भएका छन ।
कनकाई नगरनगरपालिका धनुश्कोटीमा विहिबार नमुना कृषक समूहको १५ औं साधारणसभा चौथो अधिवेशनले अध्यक्ष लम्साललाई चयन गरेको हो । अध्यक्ष लम्साल अर्जुनधारा नगरपालिका वडा नं. ५ लक्ष्मीपुरका एक सामाजिक व्यक्तित्व हुन ।

त्यसैगरी उपाध्यक्षमा तारा गिरी, सचिव बुद्धीसागर कट्टेल, कोषाध्यक्ष टेकनाथ अधिकारी महेनद्र, सहसचिव कुलबहादुर गिरी सर्वसम्वत चयन भएका छन ।
१६ बर्ष अगाडी २५ जना कृषकहरु समुह बनेर माशिक १० रुपैया बचत गर्न सुरु गरेकोे नमुना कृषक समुह कृषि विकास कार्यलयमा दर्ता भएर विभिन्न कृषि सम्वन्धि खोर्सानी, वेमौसमी तरकारी, सामुहिक रुपमा खेती गर्दै आएको छ ।

प्रति सदस्य १० रुपैया बचत कार्यक्रमवाट अघिबढेको समुहमा अहिले १३ लाख ३९ हजार ७ सय ४० रुपैया कुल पु“जी रहेकोे प्रतिवेदनमा उल्लेख छ । थोपा थोपाले घैला भरिन्छ भन्ने उदाहरण र नाम अनुसारकै काम गरेर नमुना कृषक समूह बन्न सफल भएको कार्यक्रमका वक्ताहरुले समुहले गरेको प्रगतिको प्रसंशा गरेका थिए ।
समूहका अध्यक्ष छविलाल लम्सालको अध्यक्षता र राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ झापा शाखा सचिव मानबहादुर कार्कीको प्रमुख अतिथ्य रहेको कार्यक्रममा सारदा खड्काले स्गावत मन्तव्य, संचारकर्मी विनोद पाण्डेले शुभकामना मन्तव्य र टेकनाथ अधिकारीले कार्यक्रमको संचालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)