Aamsanchar

विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालद्धारा युएई ४ विकेटले पराजित

Author Image
आइतवार, माघ २८, २०७४

काठमाडौं :

आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को तेस्रो खेलमा नेपाल चार विकेटले विजयी भएको छ । संयुक्त अरब इमिरेटस (युएई) नेपालसँग चार विकेटले पराजित भएको हो। बर्षाका कारण तीन घण्टा ढिला सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

आफ्नो तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्सबाट ११५ रनको चुनौती पाएको थियो । उक्त लक्ष्य नेपालले २८.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको हो । बर्षातका कारण ३४ ओभरमा छोट्याइएको खेलमा टस जितेर नेपालले फिल्डिङ रोज्ने निर्णय गरेपछि व्याटिङको निम्तो पाएको संयुक्त अरब इमिरेट्स ३१ ओभरमै अलआउट हुँदै ११४ रनको चुनौती दिएको थियो ।

नेपालको कसिलो बलिङ सामू निरिह बनेको संयुक्त अरबका लागि शाहीमान अनवरले सर्वाधिक ३० रन बनाए । त्यसैगरी मोहम्मद बुटाले १८ रन जोडे भने गुलाम सहबीरले १६ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले ७ ओभर बलिङ गरेर ३० रन खर्चिँदै ४ विकेट लिए । त्यसैगरी अर्का बलर सन्दीप लामिछानेले पनि ७ ओभर बलिङ गर्दै ३० रन दिएर ३ विकेट लिए । कप्तान पारस खड्काले ७ ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिए । नेपालका लागि करण केसीले पनि एक विकेट लिन लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)