Aamsanchar

भलिबलको उपाधि पुर्वाञ्चल एकाडेमीको कब्जामा

Author Image
सोमवार, माघ २९, २०७४

बिर्तामोड ।

प्याबसन झापा क्षेत्र नंबर २ ले आयोजना गरेको क्षेत्रस्तरीय भलिबल प्रतियोगीताको उपाधि पुर्वाञ्चल एकाडेमीले हात पारेको छ ।

बिर्तामोड स्थित बिर्तामोडल स्कुलमा आईतबार सम्पन्न खेलमा एमीटि स्कुललाई बेष्ट अफ थ्रिकोे सोझो सेटमा पराजीत गर्दै पुर्वाञ्चल एकाडेमीले उपाधि हात पारेको हो ।

प्याबसनको बार्षीक कार्यक्रम अन्तर्गत सञ्चालन गरीएको प्रतियोगीतामा झापाका बिभिन्न क्षेत्रका ४२ वटा बिद्यालयहरुले सहभागीता जनाएका थिए । बिजेतालाई ट्रफि र प्रमाणपत्र बितरण गरीएको थियो ।

प्याबसन झापा क्षेत्र नंबर २ का संयोजक उत्तम खनालको अध्यक्षता तथा कावेली ईङ्ग्लीस स्कुलका प्रिन्सिपल बिष्णु तिवारीको प्रमुख आतीथ्य रहेको कार्यक्रममा पुर्वाञ्चल एकाडेमीका प्रिन्सिपल केशव ढुंगाना , भाईस प्रिन्सिपल केशव ढुंगाना ध्र्रुवकुमार गौतम , एमीटिका प्रिन्सिपल सिताराम ढकाल लगायत बिभिन्न बिद्यालयका प्रिन्सिपलहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)