Aamsanchar

धुलावारी विजयी

Author Image
सोमवार, माघ २९, २०७४

बाहुनडाँगी ।

रञ्जित लिम्बूको २ गोलको मद्धतले धुलावारी फुटबल ट्रेनिङ सेन्टर बडाखालमा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनमा प्रवेश गरेको छ ।

नव ज्योति युवा क्लब मेचीनगर ३ को आयोजनामा नव ज्योति निमाविको खेल मैदानमा भएको प्रतियोगिता अन्तरगत सोमवारको खेलमा मुनाल क्लब चन्द्रगढीलाई २–० को गोल अन्तरले हराउँदै धुलावारी सेमीफाइनमा प्रवेश गरेको हो ।

धुलावारीको जितका लागि रञ्जित लिम्बूले खेलको १२ औँ मिनेट र दोस्रो हाफको ५ औँ गोल गरेका आयोजकका सचिव सुमन थापाले बताए । खेलको म्यान अफ द म्याच धुलावारीका रञ्जित लिम्बू भए ।

मङ्गलवारको खेल गधुली क्लब धाइजन र नव ज्योति फुटबल ट्रेनिङ सेन्टरबिच हुने आयोजक क्लबका अध्यक्ष भवानी गिरीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर