Aamsanchar

जनता माविको ५३ औ बार्षिकोत्सव सम्पन्न

Author Image
सोमवार, माघ २९, २०७४

मोरङ,

मोरङको रतुवामाई नगरपालिका- ९ मा रहेको जनता माध्यमिक विद्यालयले आफ्नो ५३ औ बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ ।

माघ २६ गतेबाट सुरु भएको महोत्सव माघ २९ गतेसम्म चलेको थियो । महोत्सवमा सदन स्तरीय भलिबल प्रतियोगिता तथा एथ्लेटिक्स सम्मका खेल प्रतियोगिता भएको विद्यालयका प्रधानाध्यापक इश्वर खनालले जानकारी दिए ।

महोत्सवमा माघ २८ गते नगरपालिकाका प्रमुख रविन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक तथा गत वर्षको एसएलसी परिक्षमा सर्वोष्ट अङक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

बार्षिक उत्सवको समापनको अवसरमा सोमबार समाज सेवी शिक्षाप्रेमी कृष्ण कार्की तथा उलाबारी निवासी लाल बहादुर बुढाथोकीले आफ्नी आमाको स्मृतिमा २५ हजारको अक्षय कोषको स्थापना, शिक्षा प्रेमी कार्कीले एसएलसी परिक्षमा सर्वोष्ट अंक ल्याउने विद्यार्थीलाई नगद १० हजार रुपैंया प्रदान गरेका छन् । हाल जापानमा रहेका कार्कीले विद्यालयको कम्पाउण्ड गर्न तथा विद्यालयको गेट निर्माण गर्न आवश्यक पर्ने रकम समेत प्रदान गर्ने घोषणा गरेका छन् ।

गरिब तथा जेहेनदार विद्यार्थी अध्ययनरत गर्ने सामुदायिक विद्यालयलाई यस खालका सहयोगले हौसला मिल्ने विद्यालयका प्रअ खनालले बताए । विद्यालयकी स्रोत ब्यक्ति गंगा भट्टराईको प्रमुख आतिथ्यमा समापन भएको कार्यक्रममा विद्यालयका अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)