Aamsanchar

धनेश्वर क्षेत्रको विकासमा लाग्न राज्यमन्त्री थरुनीको आग्रह

Author Image
मङ्गलवार, फागुन १, २०७४

धुलिखेल,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा धनेश्वर मन्दिर परिसरलाई व्यवस्थित र विकासमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिनुभएको छ ।

महाशिवरात्रिको अवसरमा आज धनेश्वर क्षेत्र विकास कोषको कार्यालय उद्घाटन कार्यक्रममा उहाँले सरकारका तर्फबाट धनेश्वरको विकासका लागि विनियोजन गरिएको रु दुई करोड ५१ लाख रकम तत्काल कार्यान्वयन गर्न आफ्नो तर्फबाट पहल हुनेमा जोड दिंदै उहाँले भन्नुभयो, “यहाँको मन्दिर क्षेत्रको विकासका लागि छुट्याइएको बजेट केही मात्रमा मात्रै आएको भन्ने सुनेको छु, छुट्याएको रकम सबै खोज्न र मन्दिर परिसरको विकासका लागि समितिका पधादिकारी क्रियाशील भएर लाग्नुहोला ।”

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले मानिसको आस्थाको धरोहर मन्दिर भएकाले सबै मिलेर मन्दिर परिसर व्यवस्थित गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

धनेश्वर क्षेत्र विकास कोषका सल्लाहकार सहकुल थापाले मन्दिर परिसरलाई व्यवस्थित गर्न बजेटको अभाव रहेकाले यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर