झापा ११का सबै फुटवल खेलाडीलाई अनुबन्धन गरिने

झापा।

झापा ११का सबै फुटवल खेलाडीलाई अनुबन्धन गरिने भएको छ ।  झापामा फुटवल खेलको विकास र खेलाडीको भविष्य सुरक्षित गर्न क्लवका सबै खेलाडीलाई अनुबन्ध गर्न लागिएको तेस्रो झापा गोल्डकप प्रतियोगिता २०७४ का अध्यक्ष महेन्द्रकुमार गिरीले बताए । यस अघि झापा ११का दुई खेलाडी योगेश गुरुङ र देवेन्द्र तामाङलाई क्लवले दुई वर्षका लागि अनुबन्ध गरेको थियो ।

सन् २०१४को सेप्टेम्वरमा काठमाडौंमा भएको एन्फा कप नकआउट फुटवल प्रतियोगितामा संकटा फुटवल क्लवलाई हराएर मोफसलबाट झापा ११ पहिलोपटक च्याम्पियन बनेको थियो । सन् २०१६मा भएको रेडवुल राष्ट्रिय लिगमा पहिलोपटक डेव्यू गर्दै झापा ११ले लिगको चौथो स्थान हासिल गरेको थियो ।
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले छोटो समयमा झापा ११लाई ए डिभिजन क्लबको मान्यता दिएसँगै झापा ११ ले आफ्नो शाख जोगाउन सबै खेलाडीलाई अनुबन्ध गर्न लागेको हो । यसका लागि तेस्रो झापा गोल्डकप प्रतियोगिता २०७४ का अध्यक्ष गिरीले सबै झापावासीलाई सहयोग पु¥याइ दिन आग्रह गरेका छन् ।

झापा गोल्डकपको तेस्रो संस्करणका विषयमा जानकारी दिने उद्देश्यले मंगलवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले झापालाई ‘फुटवलको हव’बनाउन लागिएको र यो कार्यक्रममा सहयोग पु¥याइदिन सबै स्थानीय निकायसहित उद्योगी व्यवसायी, खेलप्रेमी तथा नागरिक समाजका अगुवा समक्ष आग्रह गरेका छन् । उनले झापालाई फुटवल शहरको रुपमा विकास गर्दै फुटवल पर्यटकको माध्यमले झापाली माटोको सुगन्ध फैंलाउन समाजका विभिन्न वर्ग, तह र तप्काका जनशक्तिसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

यता झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले ए डिभिजनको मान्यता झापा ११ ले पाएसंगै क्लवले देश तथा विदेशमा झापाको शान बढाएको बताउँदै झापालाई चिनाउने झापा ११ को प्राण भर्न सबै एक जुट हुनुपर्ने बताए । ए डिभिजनमा अधिकांश काठमाडौंका मात्र क्लब रहँदै आएकोमा मोफसलमा रहेर पनि झापाको उत्कृष्ट प्रदर्शनले यो सफलता हासिल गर्न सकिएको बताउँदै उनले यसलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताए ।

यता मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप यो वर्ष पनि तेस्रो संस्करण अगामी फागुन १९ गतेदेखि सञ्चालन हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा एक विदेशी टोलीसहित १० टिमले प्रस्तिपर्धा गर्ने भएका छन् । फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

प्रतियोगितामा भारतको सिक्किम युनाइटेड, तीन वटा विभागीय टोलीसहित १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए । एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति समेत गठन गरिएको छ । प्रतियोगिताबाट एक करोड ५० लाख रुपैयाँ जम्मा गर्दै पचास लाख रुपैयाँ बचत गर्ने लक्ष्य लिएको अध्यक्ष गिरीले जानकारी दिए ।

प्रतियोगिता आयोजनाबाट बचेको रकम झापा ११ फुटबल क्लबको विकास र डोमालाल रंगशालाको प्यारापिट निर्माणमा खर्च गर्ने लक्ष्य लिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १२ लाख ५१ हजार रुपैयाँ, ट्रफी र उपबिजेताले नगद ६ लाख रुपैयाँ, ट्रफी प्राप्त गर्ने मूल आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए ।

त्यस्तै प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई नगद २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ भने विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गर्ने बताइएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने छ भने झापा ११का उत्कृष्ट खेलाडीले समेत एक थान मोटरसाइकल प्राप्त गर्ने अध्यक्ष गिरीले बताए ।

यस अघि गत वर्ष माघ १५ गतेदेखि २४ गतेसम्म झापा गोल्डकपको दोस्रो संस्करण भएको थियो । आयोजक झापा ११ लाई घरेलु मैदानमा पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लबले दोस्रो संस्करणको उपाधि चुमेको थियो । गतवर्षको उपाधिसंगै मनाङ मस्र्याङ्दीले नगद साल लाख रुपैयाँ प्राप्त गरेको थियो । यस वर्ष झापा गोल्डकपको पुरस्कार राशी बढाएर साढे १२ लाख रुपैयाँ पु¥याइएको छ । पत्रकार सम्मेलनमा झापा गोल्डकपका संरक्षक होम पाण्डेसहित बिनोद बस्नेत, बलराम कार्की, लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन गजेन्द्र पौडेलले गरेका थिए ।

 

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com