Aamsanchar

झापा गोल्डकपका फागुन १९ देखि

Author Image
बुधवार, फागुन २, २०७४

झापा ११ का सबै खेलाडीलाई अनुवन्ध !

झापा ११ का सबै फुटवल खेलाडीलाई अनुवन्धित गरिने भएको छ । झापामा फुटवल खेलको विकास र खेलाडीको भविश्य सुरक्षित गर्न क्लवका सबै खेलाडीलाई अनुवन्ध गर्न लागिएको तेस्रो झापा गोल्डकप प्रतियोगिता २०७४ का अध्यक्ष महेन्द्रकुमार गिरीले बताए । यस अघि झापा ११ का दुई खेलाडी योगेश गुरुङ र देवेन्द्र तामाङलाई क्लवले दुई वर्षका लागि अनुवन्ध गरेको थियो ।

सन् २०१४ को सेप्टेम्वरमा काठमाडौंमा भएको एन्फा कप नकआउट फुटवल प्रतियोगितामा संकटा फुटवल क्लवलाई हराएर मोफसलबाट झापा ११ पहिलो पटक च्याम्पियन बनेको थियो । सन् २०१६ मा भएको रेडवुल राष्ट्रिय लिगमा पहिलो पटक डेव्यू गर्दै झापा ११ ले लिगको चौथो स्थान हासिल गरेको थियो ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले छोटो समयमा झापा ११ लाई ए डिभिजन क्लबको मान्यता दिएसँगै झापा ११ ले आफ्नो साख जोगाउन सबै खेलाडीलाई अनुबन्ध गर्न लागेको हो । जसका लागि तेस्रो झापा गोल्डकप प्रतियोगिता २०७४ का अध्यक्ष गिरीले सबै झापावासीलाई यो कार्यमा सहयोग पु¥याइ दिन आग्रह गरेका छन् ।

झापा गोल्डकपको तेस्रो संस्करणका विषयमा जानकारी दिने उद्देश्यले मंगलवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले झापालाई ‘फुटवलको हव’बनाउन लागिएको र यो कार्यक्रममा सहयोग पु¥याइदिन सबै स्थानीय निकायसहित उद्योगी व्यवसायी,खेलप्रेमी तथा नागरिक समाजका अगुवा समक्ष आग्रह गरेका छन् । उनले झापालाई फुटवल शहरको रुपमा विकास गर्दै फुटवल पर्यटकको माध्यमले झापाली माटोको सुगन्ध फैंलाउन समाजका विभिन्न वर्ग, तह र तप्काका जनशक्तिसंग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

यता झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले ए डिभिजनको मान्यता झापा ११ ले पाएसंगै क्लवले देश तथा विदेशमा झापाको शान बढाएको बताउँदै झापालाई चिनाउने झापा ११ को प्राण भर्न सबै एक जुट हुनुपर्ने बताउनुभयो । ए डिभिजनमा अधिकांश काठमाडौंका मात्र क्लब रहँदै आएकोमा मोफसलमा रहेर पनि झापाको उत्कृष्ट प्रदर्शनले यो सफलता हासिल गर्न सकिएको बताउँदै यसलाई जोगाउन सबै एक जुट हुनुपर्ने अध्यक्ष गुरुङको भनाई छ ।

यता मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप यो वर्ष पनि तेस्रो संस्करण अगामी फागुन १९ गतेदेखि सञ्चालन हुने भएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा एक विदेशी टोलीसहित १० टिमले प्रस्तिपर्धा गर्ने भएका छन् । फागुन २८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

प्रतियोगितामा भारतको सिक्किम युनाइटेड, तीन वटा विभागीय टोली सहित १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिनुभयो । एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति समेत गठन गरिएको छ । प्रतियोगिताबाट एक करोड ५० लाख रुपैयाँ जम्मा गर्दै पचासलाख रुपैयाँ बचत गर्ने लक्ष्य लिएको अध्यक्ष गिरीले पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगिता आयोजनाबाट बचेको रकम झापाका ११ फुटबल क्लबको विकास र डोमालाल रंगशालाको प्याराफिट निर्माणमा खर्च गर्ने लक्ष्य लिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नकआउटको आधारमा सञ्ंचालन हुने प्रतियोगिताको बिजेताले नगद १२ लाख एकाउन्न हजार रुपैयाँ, ट्रफी र उपबिजेताले नगद ६ लाख रुपैयाँ, ट्रफी प्राप्त गर्ने मूल आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

त्यस्तै प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई नगद २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ भने विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गर्ने बताइएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने छ भने झापा ११ का उत्कृष्ट खेलाडीले समेत एक थान मोटरसाइकल प्राप्त गर्ने अध्यक्ष गिरीले बताउनुभयो ।

यस अघि गत वर्ष माघ १५ गतेदेखि २४ गतेसम्म झापा गोल्डकपको दोस्रो संकरण भएको थियो । आयोजक झापा ११ लाई घरेलु मैदानमा पराजित गर्दै मनाङ्ग मस्याङ्दी क्लबले दोस्रो संकरणको उपाधि चुमेको थियो ।

गत वर्षको उपाधिसंगै मनाङ्ग मस्याङ्र्दीले नगद साल लाख रुपैयाँ प्राप्त गरेको थियो । तर, यस वर्ष झापा गोल्डकपको राशी बढाएर साढे १२ लाख रुपैयाँ पु¥याएको छ ।

पत्रकार सम्मेलनमा झापा गोल्डकपका संरक्षक होम पाण्डे सहित विनोद वस्नेत, वलराम कार्की, लगायतको आतिथ्य थियो । कार्यक्रमको सञ्चालन गजेन्द्र पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर