Aamsanchar

भ्यालेन्टाईन डेमा ‘रेखा थापा’लिएर आए पर्शुराम

Author Image
बुधवार, फागुन २, २०७४

बिर्तामोड ।

गायक पर्शुराम रिजालको नयाँ गीत ‘रेखा थापाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रिजालले ‘भ्यालेन्टाईन डे’को अवसर पारेर यस गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमा कृष्णराज भण्डारीको शब्द,संगीत छ ।

नयाँ गीत ‘रेखा थापाले’ सत्य घटनामा आधारित छ । करीब आठ बर्ष अघि सुनसरी तरहराका एक युवकले नायिका रेखा थापालाई गरेको प्रस्ताव नै गीतमा समावेश गरीएको हो । म्युजिक भिडियोलाई सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा सुर्य योञ्जनको कोरीयोग्राफी तथा मोडल विनोद न्यौपाने लगायतले अभिनय गरेका छन् ।

गायक रिजालका ‘बरु मै मरौँला प्रिय’,‘यो ज्यान खायो सोल्टीनी’लगायत दर्जनौ गीतहरु लोकप्रिय छन् ।
हेर्नुहोस भिडियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर