Aamsanchar

पत्रकार पकुवालको उपचारमा २ लाख ५१ हजार सहयोग

Author Image
बुधवार, फागुन २, २०७४

बिर्तामोड।

पत्रकार माया पकुवालको उपचारका लागि बुधबार दुई लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको छ । पत्रकार महासंघ झापा र पत्रकार महासंघ युएई शाखाले भद्रपुरस्थित पकुवालकै निवासमा आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रमकाबीच उक्त रकम दिइएको हो ।

उक्त रकममध्ये एक लाख ४१ हजार ३० रुपैयाँ झापा शाखाको अनुरोधमा युएईमा रहेका झापाली पत्रकार र झापाली समाजले त्यहाँस्थित महासंघ शाखा मार्फत जुटाएको पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीले जानकारी दिए । एक लाख नौ हजार नौ सय ७० रुपैयाँ पत्रकार महासंघ झापा शाखा मार्फत जुटेको हो ।

महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको समारोहकाबीच झापाली पत्रकार तथा युएई शाखा र झापाली समाज युएईका प्रतिनिधिले पत्रकार पकुवाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । पत्रकार महासंघ झापा मार्फत पूर्वाञ्चल दैनिक, कनकाई विकास बैंक, उर्मिला खरेल, कनकाई सुरुङ्गा प्रेस क्लव, प्रेस काउन्सिल, महासंघ केन्द्रीय समिति तथा विभिन्न दाता, सञ्चारगृह र सञ्चारकर्मीले सहयोग पुर्याएका थिए ।

त्यस्तै युएई शाखा मार्फत युएईस्थित झापाली समाज, विश्वकर्मा समाज, स्याङ्जा समाज, प्रेस युनियन, दाङ देउखुरी समाज, प्रेस सेन्टरसहित ५० जनाले व्यक्तिगत रुपमा सहयोग पुर्याएका थिए । युएई शाखाका कोषाध्यक्ष दिनेश आचार्यको संयोजकत्वमा सहयोग जुटाउन समिति नै बनेको थियो । समितिको सहसंयोजकमा रुपेश अधिकारी, जनसम्पर्कमा रामप्रसाद ढुंगेल तथा सदस्यहरुमा मेघराज सापकोटा, सुशान आचार्य, जगत लुइँटेल, रामकुमार परियार, रमेश खड्का, प्रह्लाद दाहाल र चिरन न्यौपाने रहेका थिए ।

सहयोग हस्तान्तरण समारोहमा पत्रकार पकवालले सबैको सद्भाव र सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आफूलाई ठिक भएपछि पत्रकारितासँगै मृगौला पीडितको सेवामा बाँकी जीवन बिताउने बताइन् । कार्यक्रममा पत्रकार महासंघ युएई शाखाका सदस्य डिल्ली हुमागाई, झापाली समाज युएई नेपाल सम्पर्क समितिका संयोजक प्रदिप संग्रौला (माइनसप्लस), महासंघ झापाका अध्यक्ष सापकोटाले पकुवालको स्वास्थ्यलाभको कामना गरेका थिए । कार्यक्रमको सञ्चालन महासंघका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

सहयोग हस्तान्तरण समारोहमा उपस्थित पत्रकार महासंघ झापाका पूर्व अध्यक्षहरु गोविन्दचन्द क्षेत्री, चिन्तामणि दाहाल, भीम नेम्वाङ, कोषाध्यक्ष ईश्वर अधिकारी, कार्यसमिति सदस्य हुतराज नेपाल, पत्रकारहरु गोपाल गिरी, रोहित काफ्ले, रेवती घिमिरे, राधा खनाल, चन्द्रकान्त ढकाल, अर्जुन खरेल लगायतले पत्रकार पकवालको स्वास्थ्यलाभको कामना गर्दै महासंघको संयोजनमा भएको सहयोगको सराहना गरे ।

पकवालको उपचारमा यसअघि नागरिक एफएममार्फत एक लाख २१ हजार दुई सय ३१ रुपैयाँ, नारी सञ्चारगृहमार्फत ७३हजार रुपैयाँ र प्रेस चौतारी मार्फत ५७ हजार रुपैयाँ विभिन्न दाताबाट संकलन गरी हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर