विर्तामोड अन्तिम ४ मा

बाहुनडाँगी ।

विर्तामोड युनाइटेड क्लब नव ज्योति युवा क्लब मेचीनगर ३ बडाखालले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बुधवार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा काँकरभिट्टा फ्टबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा ३–१ को गोल अन्तरले हराउँदैँ सेमीफाइनलको यात्रालाई निश्चित गरेको हो । निर्धारित समयमा १÷१ को बराबरी भएपछि खेल सोझै टाइब्रेकरमा लगिएको थियो ।

विर्तामोडलाई सेमीफाइनलमा पुर्याउनका लागि गोलरक्षक विशाल मुखिया नायक बने । काँकरभिट्टाले प्रहार गरेका ४ मध्ये ३ गोल मुखियाले सेफ गरेका थिए । जितका लागि विर्तामोडका विक्की चौधरी, प्रेमश गुरङ र सरोज कार्कीले गोल गरेका थिए । काँकरभिट्टाका मिलन राईले हानेको प्रहार मात्र गोल भएको थियो । मुन्ना सुब्बा, सञ्जु तामाङ र दिवश उराउको प्रहारमा गोलरक्षक मुखिया बाधक बने ।

काँकरभिट्टाले खेलको ४९ औँ मिनेटमा लिएको अग्रतालाई अन्तिम ५ मिनेट बचाउँन नसक्दा विर्तामोडको भाग्य फेरीएको थियो । काँकरभिट्टाका मुन्ना सुब्बाको क्रसपासलाई होल्ड गर्दै कप्तान दिवश उराउले उत्कृष्ट गोल गरेका थिए । अन्तिम ५ मिनेटमा मुन्ना सुब्बाको हेण्डबल भएपछि विर्तामोडले टाइब्रेकरको मौका पाएको थियो । उक्त टाइब्रेकरलाई बिक्की चौधरीले गोल गर्दै बराबरी बनाए ।

खेलको म्यान अफ द म्याच विर्तामोडका बिशाल मुखिया भए । उनलाई झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेतले प्रदान गरेको नगद पुरस्कार प्रदान गरियो । बिहिवारको खेल आयोजक र धुलावारी एफसी बीच हुने आयोजक समितिका अध्यक्ष भवानी गिरीले बताए ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com