Aamsanchar

एमाले र माओबादीबीच हुनेभयो एकता , यसरी बाँड्यो पद

Author Image
बुधवार, फागुन २, २०७४

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता सम्वन्धी शक्ति बाँडफाँटको सहमति भएको छ ।
दुई शिर्ष नेताबीच भएको दुई दर्जन बैठकको निश्कर्षका रुपमा आजको छलफलबाट पार्टी नाम, केन्दीय समितिको संख्या, नेतृत्व प्रणाली र सरकार गठनका विषयमा सहमति भएको हो ।

संगठन र सैद्धान्तिक विषयलाई टुंगो लगाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने तयारी भएको छ । संगठन र सिद्धान्तका बारेमा टुंगो लगाउने गरी एकता घोषणा गर्ने तयारीमा दुवै दलका नेताहरु सहमत भएका छन् । केन्द्रीय समिति कस्तो बनाउने भन्ने विषयमा विभिन्न मोडलमा छलफल भइरहेको स्रोतको दावी छ । निर्वाचनको क्रममा उम्मेदवार बाँडफाँड ६०–४० कै आधारमा गरिएकाले त्यही प्रक्रियाअनुसार एकीकृत कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बनाउने मेरिटका आधारमा भन्ने संयोजन समितिबाट टुंगो लगाउने सहमति भएको बताइएको छ । केन्द्रीय समिति कति सदस्यीय बनाउने भन्ने अहिलेसम्म टुंगो नलागेपनि ९९ सदस्यीय भन्दा बढी नबनाउनेमा दुई नेताबीच सहमति भएको छ ।

स्रोतका अनुसार ९९ सदस्यीय केन्द्रीय समिति वा एमालेको हालको केन्द्रीय समितिमा माओवादीतर्फबाट १०० जना थपेर ३४४ सदस्यीय बनाउने भन्ने विकल्पलाई छलफलमा लगिने भएको छ । ९९ सदस्यीय केन्द्रीय समिति बनाउँदा एमालेका ५९ पोलिटव्यूरो सहित ६० जना र माओवादीबाट पार्टी विभाजन पहिलेको पोलिटव्युरोलाई आधार बनाएर ३९ जना गरी ९९ जनाको केन्द्रीय समिति बनाउने भन्नेमा निर्णय लिन बांकी रहेको छ ।

एमालेको २०६ जनाको केन्द्रीय समितिलाई ६० प्रतिशत मानेर माओवादीबाट १३८ जनासहित ३४४ जनाको केन्द्रीय समिति बनाउने कि भन्ने बारेमा समेत छलफल भएको एक नेताले बताए । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डबीच पटक–पटक भएको ‘वान टु वान’ वार्तापछि आज एकता संयोजन समितिको बैठक बस्न लागेको छ ।

एकीकृत पार्टीको नाम स्थापनाकाल २००६ कै नेपाल कम्युनिस्ट पार्टी मात्र रहनेछ । निर्वाचन चिन्ह भने सूर्य रहनेछ । स्रोतका अनुसार आजै अबेरसम्म कानुनी प्रक्रिया पूरा गर्न निर्वाचन आयोगलाई जानकारी गराएर ओली बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्ने छन् ।पार्टी र सरकारको नेतृत्व भने बाम तालमेल घोषण गर्ने बेलामा गरिएको ७ बुंदे समझदारीकै आधारमा गर्ने सहमति भैसकेको छ । ओली र प्रचण्डको समान हैसियतमा दुवै जना अध्यक्ष हुनेछन् । एक अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने अर्का अध्यक्ष प्रचण्डले पार्टीको काम गर्नेछन् ।

राष्ट्रपति र उपराष्ट्रपति अहिलेकै यथावत रहनेछन् भने सभामुख पनि पहिलेकै सुवास नेम्वबांग रहनेछन् । राष्टिय सभाको अध्यक्ष भने माओवादी पक्षबाट हुनेछन् ।

सवल नेपालवाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर