Aamsanchar

गृहलक्ष्मीले ९ औं वार्षिकोत्सव भब्य रुपमा मनाउने

Author Image
बुधवार, फागुन २, २०७४

धुलाबारी,

गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ९ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाउँदैछ । संस्थाको धुलाबारीस्थित कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दुर्गालाल श्रेष्ठले संस्थाको निजी भवन उद्घाटन, स्वास्थ्य, खेलकुद, सम्मान तथा सामाजिक लगायत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागिएको बताए

यहि शुक्रबार स्थानीय फाइब स्टार अङ्ग्रेजी माविमा मेचीनगरका सामुदायिक र निजी गरी ११ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने एक दिवशीय प्रथम गृहलक्ष्मी अन्तर मावि छात्रा भलिबल प्रतियोगिता हुनेछ । स्वास्थ्य सम्बन्धि कार्यक्रमतर्फ संस्थाको भवनमा शनिबार विर्तामोडस्थित बि एण्ड सी अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण हुनेछ । बि एण्ड सीका वरिष्ठ फिजिसियन र वरिष्ठ स्त्री रोग विशेषज्ञले स्वास्थ्य जाँच गर्नेछन् ।

त्यस्तै नेपाल रेडक्रश सोसाइटी मेचीनगर उप शाखाको प्राविधिक सहयोगमा रक्तदान, नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघर सम्बन्धि रोगको परीक्षण र थोमस प्याथोलोजी धुलाबारीको प्राविधिक सहयोगमा मधुमेह रोगको जाँच गरिनेछ ।

सामाजिक कार्यक्रम अन्र्तगत धुलाबारीस्थित स्वबोध साधना केन्द्र र इटाभट्टास्थित समाज सुधार युवा संघ अपाङ्ग सहयोग समितिको भवनका अनाथ र अपाङ्गता भएका बालबालिकाहरुलाई झुल वितरण गरिँदैछ । साथै समाजका विभिन्न व्यक्ति तथा एक जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

फागुन १२ गते शनिबार संस्थाको नव निर्मित भवनको प्रदेश सभाका साँसद् गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्ने कार्यक्रम छ । पत्रकार सम्मेलनमा संस्था सञ्चालक समिति उपाध्यक्ष रेणुका डाँगी, सदस्य दिपेन्द्र कार्की, व्यवस्थापक चिन्तामणि ढकाल, सह व्यवस्थापक सरोज मेहेरालगायतले वार्षिकोत्सवको तयारी बारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर