अनेरास्ववियु झापामा मनोज ताम्ली

विर्तामोड ।

अनेरास्ववियु झापामा नयाँ नेतृत्व चयन भएको छ । क्याम्पस र भूगोल जिल्ला कमिटीको सम्मेलनबाट क्याम्पस कमिटीको जिल्ला अध्यक्षमा मनोज ताम्ली लिम्वू निर्वाचित भएका छन् ।

उपाध्यक्षमा रोशन भण्डारी,सचिव राजेश कार्की ,सहसचिव कमल पौडेल,नविन राई , टेरिसा ओली र कोषाध्यक्षमा गंगा प्रसाई चयन भएका छन् । ३३ सदस्यीय कमिटीमा साम्नीहाङमा योङहाङ,अस्मिता विक,निरज थापा,सन्तोष भट्टराई , अनिल सुवेदी लगायत रहेका छन् ।

यसैगरी भूगोल जिल्ला कमिटीको अध्यक्षमा दुर्गा धमला निर्वाचित भएका छन् । उपाध्यक्षमा समर्पण खतिवडा,सचिव रोशन लामा,सहसचिवमा योगराज आचार्य,उमेश आचार्य , तनुजा दुलाल, कोषाध्यक्ष सागर लिम्वू चयन भएका छन् ।

सदस्यहरुमा उमेश मिश्र,सरोज सत्याल,समिर न्यौपाने,मुकेश त्रिताल,मदन गुरुङ लगायत रहेका छन् । क्याम्पस कमिटीको पाँचौ र भूगोल कमिटीको १९ औं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको नवनिर्वाचित सचिव रोशन लामाले जानकारी दिए ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com