Aamsanchar

१० लाखले हेरे बुलेटमा सरर

Author Image
शनिवार, फागुन ५, २०७४

झापा,

झापाली ठिटो सन्तोष ढुंगेलको मूख्य भूमिका रहेको गायक श्रीकृष्ण लुईटेल बेकेदारीको उता राम विदेश लागे यता सीता रावणसँग बुलेटमा सरर भन्ने गितले यतिबेला युटुबमा राम्रो चर्चा कमाईरहेको छ ।

भिडीयो रिलिज भएको छोटो समयान नै युटुबमा १० लाखभन्दा धेरैले हेरिसकेका छन् । यस भिडियोमा झापा बुद्धशान्ति गाउँपालिका वार्ड नम्बर ६ का सन्तोष ढुंगेलले पहिलो पटक बोकेदारीको गित मार्फत अभिनयमा डेब्यू गरेका छन् । अभिनय क्षेत्रमा यो आफ्नो पहिलो अनुभव भएता पनि पहिलो पटकको भिडियो नै सबैले मन पराएकोमा खुशी व्यक्त गर्छन् ढुंगेल ।

भिडीयोमा नेपाली सामाजमा भएको यर्थाथतालाई प्रस्तुत गर्ने क्रममा सोझो रामको चरित्रमा देखापरेका छन् उनी । भिडीयो हेर्ने प्राय सबैजसोले उनको अभिनयलाई मन पराएका छन् ।

म्यूजिक भिडियोमा रावणको भूमिकामा निरज सिटौला, विष्णुको भूमिकामा सुरज कोइराला रहेको बोकेदारीले बताए । त्यस्तै, म्यूजिक भिडियोमा सीता,लक्ष्मी र बृन्दाको भूमिकामा क्रमशः संचिता ढकाल,ऋचा श्रेष्ठ र रोशनी कार्कीले अभिनय गरेका छन् ।

युवराज वाइवाले निर्देशन गरेको उक्त म्यूजिक भिडियो उत्सब दाहालले खिचेका छन् । गितमा शव्द,स्वर र संगित पूर्वेली गायक लुईटेलकै रहेको छ भने मनिषा पोखरेलले पनि उनलाई गायनमा साथ दिएकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)