Aamsanchar

फाइनलमा विर्तामोड र धुलावारी आमनेसामने

Author Image
शनिवार, फागुन ५, २०७४

बाहुनडाँगी ।

विर्तामोड युनाइटेड क्लब मेचीनगर ३ बडाखालमा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नव ज्योति युव क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शनिवार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा धाइजन चारआली फुटबल क्लबलाई ३–१ को गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । यो जितसँगै विर्तामोडले सोमवार हुने फाइनल खेलमा धुलावारी फुटबल ट्रेनिङसँगको भेटलाई पक्का गरेको हो । धुलावारीले आयोजकलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

खेलको १० औँ मिनेटमा धाइजनका विजय लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले वान भर्सेस वानमा गोलरक्षकलाई विट गर्दै सानदार गोल गरेको थिए । खेलको २७ औँ मिनेटमा विर्तामोडले पाएको फ्रिकिक पाएको थियो उक्त फ्रिकिकलाई जितका लागि विर्तामोडका राजन लिम्बूले खेलको लिम्बूले प्रहार गरेको बलले जाली चुमाउँदै बराबरीमा पुर्याए । ४४ औँ मिनेटमा विर्रामोडका सरोज कार्कीले अर्काे गोल गर्दै खेल २–१ को नतिजामा पुर्याए । खेलको ६० औँ मिनेटमा पुन सरोज कार्कीले व्यक्तिगत २ र टिमका लागि ३ गोल गर्दै जितलाई निश्चित सरह बनाए ।

धाइजनले पाएको २ वटा सुन्दर अवसरले पोलबारमा लागेर फर्केपछि अभाग्य सावित भएको थियो । २८ र ३२ यार्डबाट हानेको दुई वटा प्रहारले पोलबारमा लाग्दै रिबाउण्ड भए पछि धाइजनको फाइनल यात्रा सकिएको थियो । खेलको म्यान अफ द म्याच विर्तामोडका सरोज कार्की घोषित भए । उनलाई आयोजकका अध्यक्ष भवानी गिरी, पूर्व अध्यक्ष राजकुमार राया, सदस्य धनराज भण्डारी, सचिव सुमन थापालगायतले पुरस्कार वितरण गरेका थिए ।

फाइनल खेलको विजेता टिमले नगद ५१ हजार, ट्रफी र प्रमाण पत्र तथा उपविजेता टिमले नगद ३१ हजार पाउने राजेश बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार खेलमा जिल्लाका ८ वटा टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर