Aamsanchar

भोजपुर सेवा समाज युएईको दोश्रो अधिवेशन मार्च १६ मा 

Author Image
आइतवार, फागुन ६, २०७४
[सुर्य खवास]
युएई,
भोजपुर सेवा समाज युएईले आफ्नो दोश्रो अधिवेशन आगामी १६ मार्च २०१८ का दिन विविध सांस्कृतिक कार्यक्रमका साथ आबुधाबिमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
भोजपुर जिल्लाबाट बैदेशिक रोजगारीको शिलशिलामा  युएई आई विभिन्न पेशामा  कार्यरत भोजपुरेहरुको साझा संस्थाको रुपमा २०७० बैशाख १५ गते स्थापित यस संस्थाले विभिन्न सामाजिक कार्य गर्दै युएईमा कार्यरत  नेपाली समुदाय बीच आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
सेवा नै धर्म हो भन्ने मुल आर्दशको साथ सामाजिक कार्यमा जुटेको भोजपुर सेवा समाज युएइले विश्वभर रहेका  भोजपुरेहरुलाई सामाजिक कार्यमा एकरुपता ल्याउन विश्वभर रहि  सामाजिक सेवा कार्यरत सस्थाका एक जना अध्यक्ष वा महासचिवलाई उक्त अबिधेसनमा सहभागिताको लागि आव्हान  गरेको संस्थाका अध्यक्ष भक्त बहादुर तामाङले जानकारी दिनु भयो ।
यसै गरि भोजपुर सेवा समाज युएईका आजीवन सदस्यहरु, सक्रिय सदस्यहरु, साधारण सदस्यहरु साथै भोजपुरबाट युएई आई विभिन्न पेशामा कार्यरत सम्पुर्ण भोजपुरे दाजु भाई तथा दिदि बहनीहरु,  युएईमा क्रीयाशिल संघ संस्थाका प्रमुख, बुदिजीवी तथा समाजसेविहरुलाई समेत उपस्थितिको लागि अनुरोध गरेको  छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर