Aamsanchar

‘आर्थिक विकासका लागी पर्यटन प्रर्वद्धन जरुरी’/ आज सकिँदैछ बीटीएम

Author Image
आइतवार, फागुन ६, २०७४

(नरेन्द्र ढकाल /सुरेन्द्र भण्डारी)

सिलगढी ।

SAMSUNG CAMERA PICTURES

पर्यटन व्यवसाय मार्फत मात्रै देशको आर्थिक सम्बृद्धि सम्भव रहने पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायीले बताएका छन् ।

शनिवारबाट भारको पश्चिम वंगालस्थित सिलिगुढीमा सुरु भएको बंगाल ट्रभल मार्ट (बीटीएम) मा सहभागी नेपाल सहित चारदेशका अधिकारीहरुले यस्तो बताएका हुन् । पश्चिम वंगाल सरकारको सहयोगमा इष्टन हिमालयन टुर एण्ड ट्राभल एसोसिएसन आयोजना गरेको वंगाल ट्रभल मार्ट २०१८ मा नेपालले समेत सहभागीता जनाएको थियो । विगत तीन वर्षदेखि हुँदै आएको बंगाल ट्रभल मार्टमा नेपाल सहित भारत , भूटान र बंगलादेशका पर्यटन क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीहरुको सहभागीता थियो ।

पर्यटन क्षेत्रको विकास भए मात्र देश समृद्ध हुने भन्दै बंगाल ट्रभल मार्टको उद्घाटन गर्दै सार्क राष्ट्रको सहस्राव्दी विकास लक्ष्य हासिल गर्न सक्ने पश्चिम वंगाल राज्य सरकारका पर्यटन मन्त्री गौतम देवले बताए । उनले भने–सार्क राष्ट्रलाई हवई तथा सडक मार्गमा सहज रुपमा जोड्न सके पर्यटन प्रवद्धनमा ठूलो उपलब्धि हासिल हुन्छ । नेपाल, भूटान र वंगलादेशको ‘मिड’ पोइन्ट सिलगढी हुने भन्दै एक अर्का देशले सम्वन्वयनकारी भूमिका निर्वाह गर्न जरुरी छ पर्यटन मन्त्री देवले भने–यसका लागि पश्चिम वंगाल सरकार तत्पर छ ।

उद्घाटन सत्रलाई सम्वोधन गर्दै सूचना तथा संचार मन्त्री वात्य वसुले एक अर्का देशको पर्यटनसंग सम्वन्धित जानकारी हुन आदनप्रदान हुन जरुरी रहेको बताएका छन् । नेपाल र भारतबीच कतिपय विषयहरु समान रहेको तथा यस्तै समानता भूटान र वंगलादेश लगायतका देशहरुसंग रहेको भन्दै एक अर्का देशले पर्यटकलाई पर्यटनको गन्तव्यका विषयमा जानकारी गराउन आवश्यक रहेको बताएका छन् ।

यता पछौटे वर्ग कल्याण मन्त्री जेम्स कुजुरले पर्यटनको विकासले मात्र मुलुक समृद्ध हुने भन्दै सवै जातजाति भाषा भाषिबीचमा सहिष्णुता कायम रहन आवश्यक रहेको बताएका छन् । उनले एक अर्काको भाषा र संस्कृति वुझ्न आवश्यक रहेको बताएका छन् ।

महोत्सवमा विभिन्न चारदेशका दुईसय बढी स्टल रहेको नेपाल पर्यटन वोड पोखराका अध्यक्ष सूर्य थपलियाले बताए । स्टलको पश्चिम वंगाल राज्य सरकारका पर्यटन मन्त्री देवसहित विभिन्न देशका अधिकारीले अवलोकन गरेका थिए ।

नेपालका विभिन्न पर्यटकीय क्षेत्रको जानकारी गराउने उद्देश्यले वंगाल ट्रल मार्टमा आठबटा वढी स्टलहरु रहेको र यसले भारतका विभिन्न स्थानमा गन्तव्य वनाएर आएका पर्यटकलाई नेपालमा आर्कषण गर्न मद्दत पुग्ने थपलियाको भनाई छ । उत्तरपूर्वका ६ राज्यको पर्यटनको ट्रान्जिट पोइट सिलगढी भएकाले यसले नेपालका पूर्वी क्षेत्रको पर्यटन प्रवद्धनमा मद्दत पुग्ने थपलियाको भनाई छ ।

नेपलको पूर्वी भाग पर्यकको गन्तव्य

ट्रार्भल मार्टमा सहभागी नेपाल पर्यटन बोर्डका केन्द्रिय सदस्य अमृत ढकालले पूर्वका इलाम, ताप्लेजुङ,खोटाङ,चितवन,काठमाण्डौं,पोखरा लगायतका क्षेत्र प्राकृतिक हिसाबले नै रमणीय क्षेत्र रहेको बताएका छन् ।

प्छिल्लो समय मानिसमा घुम्ने संकृतिको विकास हुदै गएको भन्दै ढकालले यस्ता महोत्सवहरुले भारतीय,बांगलादेशी र भुटानका नागरिकलाई नेपालको पर्यटनको क्षेत्रका बारेमा जानकारी गराउने सुवर्ण अवसर भएको बताए । महोत्सवमा सहभागि पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले नेपाल र भारतका पर्यटनको संस्कार उस्तै रहेको धारणा ब्यक्त गरे । दुवै देशले धार्मिक स्थललाई प्राथमिकता दिएकाले एक अर्काले सहयोग आदान प्रदान गर्दै अघि बढ्नुपर्ने विचार ब्यक्त गरे ।

पूर्वका क्षेत्रहरु पर्यटकको दृष्टिकोणमा विकास हुन नसकेको भन्दै यसलाई अब राज्य, ब्यवसायी तथा सबै संघ संस्थाबीच एकता कायम गरेर पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने बंगाल मार्ट«मा सहभागि नेपाली प्रतिनिधि तारा बस्तोलाले बताए ।

वाघडुकुरा – भद्रपुर हवाई उडान आवश्यक

भारत, भुटान र वंगलादेशका अधिकारीले आत्तरिक तथा वाह्रय पर्यटकलाई प्रोत्साहन गर्न हवाई उडानलाई वढवा दिनुपर्ने बताएका छन् ।

टार्भल मार्टलाई सम्वोधन गर्दै वाघडुगुरा विमानस्थलका डाइरेक्टर राकेश रञ्जन साहाले वाघडुकुराबाट नेपालको भद्रपुर सिधा हवाई उडान भर्न सकेमा भारत घुम्न आएका पर्यटक नेपाल र नेपाल घुम्दै पूर्वी क्षेत्र आएका पर्यटक भारत आवत जावत गर्न सहज हुने धारणा राखे । उनले भने– वाघडुगुरा विमानस्थलबाट पोखरासम्मको हवाइ उडान हुने हो भने विदेशी पर्यटकलाई समेत फाइदा पुग्छ ।

पूर्वमा पर्यटनको प्रचार छैन

झापाको काँकरभिट्टामा सरकारले पर्यटन कार्यालय स्थापना गरेर पर्यटकलाई प्राथमिकता दिइने बताइएपनि पूर्वी नाकाबाट पर्यटक आवागमन सोचे अनुरप हुन नसकेको व्यवसायीको भनाई छ ।

भौतकि संरचना तथा पूर्वाधारको अवस्था अत्यन्त दयनीय अवस्थामा रहेको भन्दै भद्रपुर विमानस्थल पनि पर्यटनको नजरमा सुरक्षित नभएको टान पश्चिमाञ्चल पोखराका हरि भूजेलले बताए । उनले पूर्वका ट्राभल एजेन्सीले समेत व्यवसायिक भएर काम गर्न नसकेको धारणा व्यक्त गरे । व्यवसायीबीच एकता र सहकार्य हुन आबश्यक रहेको भन्दै पूर्वी क्षेत्रमा पोखरा , काठमाडौं, लगायतका पर्यटकीय गन्तव्यको जानकारी गराउने कुनै सूचना नै नपाएको बताए ।

पूर्व क्षेत्रको इलाम , पाँचथर र तप्लेजुङ्को पाथीभरा पर्यटकको गन्तव्यस्थल रहेपनि प्रचार प्रसारको अभावमा पर्यटकहरु पूर्व क्षेत्रमा नवस्ने गरेको उनको भनाई छ । उनले अगाडि भने – ठाउँको उचीत प्रचार प्रसार गर्न सके धरान पूर्वको क्षेत्र पर्यटकका लागि पोखरा पछिको गन्तव्य हुने थियो ।

विश्वको तस्रो सौन्दर्य तालको रुपमा पोखराको फेवाताल परेपनि पूर्वमा यसको प्रचार नै नभएको पर्यटन व्यवसायीहरुको गुनासो छ ।

सहकार्य आवश्यक

वंगाल टार्भल मार्टमा सहभागी भूटानका विकास क्षेत्रीले एक अर्कादेश वीच सहकार्य आवश्यक रहेको बताएका छन् । समय समयमा यस खाले कार्यक्रम हुन जरुरी रहेको बतउदै उनले भने –यस्ता कार्यक्रमले एक अर्काको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न मद्दत मिल्छ ।

त्यस्तै भूटानको पर्यटकीय स्थल वारेमा जानकारी दिँदै पर्यटन व्यवसायी माया राईले जैविक पर्यटनमा जोड दिएकी छिन् । जैविक पर्यटनले वातावरणको संरक्षण गर्दै त्यसको अस्तित्व वचाउन मद्दत मिल्ने भएकले भूटानले यसलाई प्राथमिकतामा राखेको बताइन् ।

त्यस्तै दार्जिलिङका पर्यटन व्यवसायी दावा लामाले नेपाल र भारत बीच धेरैकुरामा समानाता रहेकाले एक अर्कादेश बीच सूचना तथा जानकारी आवद प्रदान जरुरी रहेको बताएका छन् । उनले – सिक्किमसंग सिमा जोडिएको क्षेत्रको भौतिक तथा पूर्वाधारको क्षेत्रमा विकास गर्न सके त्यस क्षेत्रमा पर्यटकको आवागमन उच्च रहन्छ ।

सरकारले दार्जिलङसंग सिमा जोडिएको क्षेत्रको विकास गर्न नेपाल सरकारलाई आग्रह समेत गरेका छन् ।

आज सकिँदैछ बीटीएम

सिलगढीमा शुक्रवार साँझ पश्चिम वंगाल राज्यका पर्यटन मन्त्री गौतमदेवले उद्घाटन गरेको चारदेशीय पर्यटन महोत्सव आज सकिँदैछ । चारदेशका सय वढी स्टलहरु रहेको महोत्सवले धार्मिक , ऐतिहासिक, व्यवसायिक र प्राविधिक विषयको आदन प्रदान गर्न मद्दत मिलेको मन्त्री गौतमको धारणा छ ।

महोत्सवको शनिवार अवलोकनपछि सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उनले भने – तीन वर्षदेखि निरन्तर चल्दै आएको यो महोत्सवलाई निरन्तरता दिन राज्य सरकार तत्पर छ । यस्ता महोत्सव आर्थिक हिसावले मात्र नभइ सास्कृतिक लगायत विभिन्न हिसावले अन्तरदेशीय संम्वन्धलाई मजवुद बनाउन कोषे ढुंगा सावित हुने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)