Aamsanchar

मिस एसएलसीका प्रतिस्पर्धी पाउ पाथीभरामा

Author Image
शनिवार, वैशाख २५, २०७३

miss
बिर्तामोड, २५ बैशाख । ड्रिम्स वल्र्ड इनटरटेण्टमेन्ट र नेप्लिज टिन्सको आयोजनामा झापाको चारआलीमा रहेको पाउ पाथिभारा मन्दिरको आज सरसफाई गरिएको छ । नेप्लिज टिप्सका सदस्यहरु र ड्रिस वल्र्डले आयोजना गरेको ग्लोबल म्यानेजमेन्ट फाउण्डेशन मिस एसएलसी झापाका प्रतिस्पर्धीहरु गरि ५० भन्दा बढीको सहभागितामा सरसफाई कार्यक्रम गरिएको हो । उनीहरुलाई मन्दिर व्यवस्थापन समितिले सहयोग गरेको थियो ।
कार्यक्रममा बोल्दै नेप्लिज टिनका रन्जन धमलाले मिस एलएलसीको प्रतिस्पर्धीहरुसागको सहकार्यमा कार्यक्रम गर्न पाउदा अत्यत्यै खुसी लागेको बताउदै आगामी दिनमा समेत सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ । कार्यक्रमको अगुवाई ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टका निर्देशक प्रणित पुडासैनीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 418

प्रतिक्रिया (०)

सम्बन्धित खबर