Aamsanchar

किशोरीहरुलाई अर्को अवसर

Author Image
बिहिवार, असार २३, २०७३

_MG_1137

बिज्ञप्ती बारे जानकारी गराउदै ड्रिम्स बल्र्डका प्रबन्ध निर्देशक प्रणित पुडासैनी

विश्व आधुनिकरण भईरहेको अवस्थामा नेपालपनि आधुनिक मार्ग तर्फ लम्कदै गएको छ । नेपाल होस या नेपाल बाहिर बस्ने धेरैजसो नेपालीहरु आधुनिक रहनसहनमा बाच्न चाहिरहेका छन । बौधिक रुपमा को भन्दा को कमको प्रतिष्पर्दात्मक समयमा किशोरी, किशोरहरु लाई नेतृत्व र व्यक्तित्व विकास गराउने उदेश्यले विभिद कार्यक्रम हुदै आएको छ आजभोली सहर बजारमा ।

सोही अनुसार ड्रिम्स वल्र्ड ईन्टरटेन्टमेण्ट प्रा.लि. र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा झापाको विर्तामोड–२, चारपाने स्थित टायमस्क्यार पार्टी पार्टीप्यालेसमा आउदो २५ गते मिस मेची प्रतियोगीताको फाईनल गराउन दुवै आयोजक संस्था हरु तयारिमा जुटेका छन । विजेतालाई ५० हजार नगद राशी सहित बिबिए अध्ययमा पूर्ण छात्रबृती स“गै फेशन डिजाईनिङ कोर्ष प्रदान सहित विभिन्न अवसर र दोस्रो र तेस्रो हुनेलाई पनी आर्कषर्ण पुरस्कार, नगत लगायत विभिन्न अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रमा मुख्य प्रायोजन एजुकेशन पार्कले गरेको छ । प्रतियोगिताको फाईनमा मुख्य आर्कर्षणको रुपमा चर्चित नायिका नम्रता श्रेष्ठ र सञ्चारकर्मी राधाकृण धितालले मुल्याङकनको भुमिका निर्वाह गर्ने भएको ड्रिम्स वल्र्डकी अध्यक्ष निशा खड्काले पत्रकार सम्मेलन मार्फत जनाकारी गराईन ।कार्यक्रममा मेची अञ्चलका विभिन्न ठाउवाट ३१ जना प्रतियोगीले भाग लिएका छन । कार्यक्रम सम्पन्न गर्न ६ लाख खर्चहुने आयोजक टिमले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर