Aamsanchar

विज्ञान प्रदर्शनी पाँच हजारभन्दा बढीले हेरे

Author Image
सोमवार, फागुन ७, २०७४

 मोरङ,

विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनी भएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित आकर्षक स्मार्टसिटी, बोटानिकल गार्डेन, रोबोट, पानीबाट चल्ने हाइड्रोलिक जेबिबी, डोजर, विज्ञानसम्बन्धी विभिन्न सामग्री, खेती किसान र घरमा आवश्यक विभिन्न सामग्री प्रदर्शनीका लागि राखिएको थियो । प्रदर्शनीमा राखिएका मध्ये बोटानिकल गार्डेन र स्मार्टसिटी दर्शकले निकै मन पराएको विद्यालय सञ्चालक रबिन कन्दङ्वाले बताउनुभयो ।

पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिकाका–१० वटा निजी विद्यालयबाट आएका विद्यार्थी र आयोजक एभरेष्ट विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावक गरी पाँच हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको प्रिन्सिपल शान्तिराम तिम्सिनाले बताउनुभयो । कक्षा युकेजी देखि १२ सम्मका विद्यार्थीले निर्माण गरेका सिर्जना २३ वटा स्टलमा राखिएका थिए ।
–––

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)