Aamsanchar

पूर्वी नाकाबाट विषादियुक्त खाधवस्तु आयात गर्न नदिने

Author Image
बुधवार, फागुन ९, २०७४

मेचीनगर ।

पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने विषादियुक्त खाद्यवस्तु प्रवेशमा रोक लगाउने तयारी भएको छ । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले पूर्वी नाकाबाट प्रवेश गरेका विषादियुक्त खाधवस्तुले नेपाली नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पु¥याएकोले रोक लगाउने तयारी गरेको जानकारी दिए ।

जिल्ला समन्वय समिति झापाको अन्तरक्रियात्मक अनुगमनमा प्रमुख आचार्यले भारतबाट भित्रिने खाधवस्तु आफ्नै क्षेत्रबाट देशका विभिन्न भागमा पुगिरहेको जानकारी गराउँदै आफ्नो क्षेत्रबाट विषादियुक्त खाधवस्तु प्रवेश गर्न दिएर नेपालीलाई रोगी नवनाउने बताए । उनले भने,‘हाम्रो स्थानीय सरकारको माटोबाट विषादि ल्याउन दिन्न ।’ प्रमुख आचार्यले सबै वस्तुको परिक्षण गरेर मात्र आयात हुन दिने बताएका छन् ।

उनले परिक्षण गर्ने निकायसँग स्थानीय सरकारले पनि सहकार्य गरेर केहि समय मै परिक्षण शुरु गरेर नागरिकको स्वास्थ्य सुरक्षा गर्ने बताए । मेरो क्षेत्रबाट विष छिराउन दिन्न ,प्रमुख आचार्यले भने । देशभरका सबै बजारसम्म विषदियुक्त खाधवस्तु पुगेकाले अबका दिनमा सचेतना अपनाइने बताइउको छ ।

गत माघ २१ गतेदेखि जिल्लाभर स्थानीय सरकारको अनुगमन गरिरहेको समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । उनले स्थानीय सरकार सञ्चालनमा यो अभियानले सहजीकरण गर्ने बताए । स्थानीय सरकारले गरिरहेको कामको अनुगमन र समस्याका बारेमा छलफल गरिदैँ आएको पोर्तेलको भनाई छ । समन्वय समितिले केहि सुचक तयार गरेर अनुगमन गरिरहेको छ । मेचीनगरपालिकामा कर्मचारीको अभाव भएकाले जनतालाई सेवा प्रवाह गर्न असुविधा भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त वस्तीले जानकारी दिए ।

उनले नगरसभाले गरेका निर्णय अनुसार काम कारवाही अघि बढाइएको जानकारी दिए । नगरपालिकाले संमुद्ध मेचीनगरका लागि गुरुयोजना तयार गरिरहेको वस्तीले बताएका छन् । नगर उपप्रमुख मिना उप्रेतीले स्थानीय सरकार मार्फत भइरहेको न्याय सम्पादनका बारेमा जानकारी गराएकी थिइन् । उनले धेरै वर्ष पुरानो मुद्दा समेत समाधान गरिएको जानकारी दिइन् । तत्काल इजलास तयार गरेर न्याय सम्पादनलाई थप व्यवस्थित गरिने उनको भनाई थियो ।

कार्यक्रममा सहभागी वडाध्यक्षहरुले स्थानीय सरकार बनेपछि जनताले झनै धेरै दुःख पाएको गुनासो गरेका थिए । वडाध्यक्ष शंकर पोखरेलले विकास निर्माणमा जनसहभागिताको प्रतिशत घटाइनु पर्ने बताए । उनले ३० प्रतिशत जनसहभागिता असंभव रहेको भन्दै तत्काल घटाउनुपर्ने बताएका छन् । उनले गरिव , विपन्न नागरिकले ३० प्रतिशत सहभागिता जनाउन नसक्ने दावी गरे । वडाध्यक्ष पोखरेलले वडाबाट खाता सञ्चालन गर्ने व्यवस्था नहुँदा काम कारवाही अगाडि बढाउन नसकिएको जानकारी दिए ।

खाता सञ्चालनको व्यवस्था मिलाएर सहज बनाउन माग गरेका छन् । अनुगमनमा समन्वय समिति प्रमुख पोर्तेलले,समन्वय अधिकारी खेमराज ओझाले स्थानीय सरकारलाई नागरिकको सेवामा लाग्न सबै खाले सहयोग गर्ने बताएका थिए । अनुगमन गर्न गौरादह नगरपालिका मात्र बाँकी रहेको वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)