Aamsanchar

हिन्दूको मन्दिरलाई इस्लामको माइक, प्रमुख अतिथि वुद्धिष्ट,स्वागत गर्ने क्रिश्चियन

Author Image
बिहिवार, फागुन १०, २०७४
बिर्तामोड, फागुन १०।
वीरता जेसीजद्वारा निर्मित शिवपाञ्चायन मन्दिरलाई माइक हस्तान्तरण तथा अन्तरधर्म सद्भाव अन्तरक्रिया बिहीबार बिर्तामोडमा सम्पन्न  भएको छ । 
बिर्तामोड–१ स्थित जेसीज सचिवालयसँगै रहेको मन्दिरमा कार्यक्रममा भएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एजाज अहमद अन्सारीले ४० हजार रुपैयाँ बढी मूल्यको माइक सेट वीरता जेसीजका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरे । 
कार्यक्रमको रोचक पक्ष त यो छ कि– हिन्दूका आराध्यदेव शिव (शिव पाञ्चायन) मन्दिरमा दैनिक भजन कीर्तनका लागि माइक सेट प्रदान गर्ने अन्सारी इस्लाम धर्मावलम्वी हुन् । कार्यक्रमका प्रमुख अतिथि चाहिँ बौद्ध धर्मावलम्वी तथा वीरता जेसीजका पूर्वअध्यक्ष गणेश शाक्य थिए । इसाइ धर्मावलम्वी वीरबहादुर दर्नाल कार्यक्रम संयोजक थिए ।उनले सवैलाई स्वागत गरे । 
फरक चार धर्मका व्यक्तिलाई एकथलोमा फरक भूमिका निर्वाह गर्न दिएर वीरता जेसीजले समाजमा सकारात्मक सन्देश सञ्चार गरेको भनी सबैले प्रशंसा गरेका थिए । कार्यक्रममा दाता अन्सारीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । प्रमुख अतिथि शाक्य र अध्यक्ष गिरीले उनलाई सम्मानपत्र प्रदान गरेका थिए । कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले सम्मानपत्र वाचन गरेका थिए । 
नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष समेत रहेका प्रमुख अतिथि शाक्य, वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष विनोद बस्नेत, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल, माइकदाता अन्सारीले जेसीजले असल संस्कार र सर्वधर्म समभावको विकास गराएको बताए । 
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्षहरु वेदप्रकाश अग्रवाल, किरण श्रेष्ठ, भेषराज भण्डारी (प्रशान्त) लगायतको आतिथ्य थियो । वक्ताहरुले अनेकतामा एकताको सन्देश दिन नेपालमै जेसीजले यो खालको पहिलो कार्यक्रम गरेको भनी चर्चा गरेका थिए । 
सोही अवसरमा स्थानीय गणेश चौहानले माइकसेटका लागि एक थान हर्न प्रदान गरे । चौहान र जेसीज सचिवालयको विद्युत् महसुल सौजन्य गर्दै आएका पदम बुढाथोकीलाई सम्मान गरिएको थियो । 
कार्यकारिणी उपाध्यक्ष मेघराज कार्की मिक्कीले आश्था वाचन गरेको कार्यक्रम महासचिव कमलप्रसाद पाण्डे विनोदले गरेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर