Aamsanchar

तीन महिलालाई दिल्ली लाँदै गर्दा भारतीय नागरिक पक्राउ

Author Image
बिहिवार, फागुन १०, २०७४

झापा

झापा र इलामका तीन महिलालाई ललाई फकाई भारतको दिल्ली लाँदै गर्दा बिहिबार अपरान्ह एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँ निवासी २५ वर्षीय मुख्तार आलम रहेको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरित वडुवालले जानकारी दिनुभयो । झापा बजार हुँदै भारतको दिघलवैंक तर्फ आलमले महिलालाई लैजाँदै गरेको देखेपछि शंका लागेर चेक जाँच गर्दा उनीहरुलाई दिल्ली लगेको थाहा पाए लगत्तै महिलाको उद्धार गरिएको र आलमलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक वडुवालले बताउनुभयो ।

सशस्त्र प्रहरीले उद्धार गरेका महिलाहरुमा इलाम फिक्कल ५ निवासी ३५ वर्षीय कमला राई, सोही ठाउँ निवासी १८ वर्षीय निक्षा राई र झापा वाहुनडाँगी ६ निवासी ३२ वर्षीय सृजना राई रहेका छन् । उनीहरुलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यता पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय झापा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक वडुवालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर