Aamsanchar

झापामा प्रपर्टी डिलर्स एशोसिएसन अफ नेपालको समिति गठन

Author Image
शनिवार, फागुन १२, २०७४

कार्यक्रम उद्घाटन गर्नुहुदै  प्रदेश सांसद एकराज कार्की

चारपाने, फागुन १२ । झापामा जग्गा खरिद बिक्री गर्ने ब्यवसायीहरु संगठित भएका छन् । प्रपर्टी डिलर्स एशोसिएसन अफ नेपाल नामको संस्थाको झापा शाखा समिति गठन भएको छ । 

संस्थाले औपचारिक रुपमा शनिवार बिर्तामोडमा जिल्ला समिति घोषणा कार्यक्रमबाट अध्यक्षमा रोशन बोहोरालाई चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा कन्काईका पुन्य ओझा, द्धितीय उपाध्यक्षमा मेचीनगरका गोविन्द गिरी, महासचिवमा अर्जुनधाराका केशव अधिकारी, सचिवमा बिर्तामोडका लालबहादुर समाल ‘राजु’, सहसचिवमा अर्जुनधाराका कमला भण्डारी र कोषाध्यक्षमा बुद्धशान्तिका मनिष दाहाल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दमकका खगेन्द्र गौतम, मेचीनगरका डम्बर नेपाल, बुद्धशान्तिका नारायण न्यौपाने, अर्जुनधाराका गंगाप्रसाद मैनाली, बिर्तामोडका लक्षमण खड्का सर्वसम्मत चयन भएका छन् । समितिले दमकबाट प्रथम उपाध्यक्षसहित कन्काई, दमक र भद्रपुरबाट २/२ जना सदस्य मनोनयन गर्ने बताएको छ ।

संस्थाका केन्द्रिय अध्यक्ष राजकुमार मेवाहाङ राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रदेश सांसद एकराज कार्की रहेका थिए । कार्यक्रममा देशका विभिन्न जिल्ला र झापाका प्रत्येक स्थानीय तहमा रहेर जग्गा खरिद बिक्री गर्दै आएका ब्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रिय समितिका  महासचिव सिदार्थ नविन उप्रेतीले स्वागत तथा संस्थाको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन देशकिरण राईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर