विर्तामोडमा चर्चित गायक र डिजेका साथ होलीमिलन कार्यक्रम हुने 

चारपाने,फागुन १३ । यस बर्ष राष्ट्रिय गायक तथा कलाकारहरुले विर्तामोडमा फागुपूर्णिमा (होली) मनाउने भएका छन । 
स्थानिय आयोजको रुपमा रहेको एक्तेन मुभिज प्रालिले साँगितक कार्यक्रम सहितको होली मिलन कार्यक्रम फागुन १८ गते विर्तामोडको हवी स्वईमिङ पुलमा गर्ने भएको हो । 
कार्यक्रममा देशका चर्चित गायक एसकुमार, चर्चित डिजेहरु सुदिव र शशीले कार्यक्रमलाई संगितमय बनाउने आयोजकले बताएको छ । 
मुख्य प्रायोजन गोर्खाब्रुअरी र सहप्रायोजकमा मेचे फिल्मस् प्रालि, पूर्वेली यूवा कल्व लगायत केही व्यवसायीक केन्द्रहरु रहेको एक्तेन मूभिजका गोपाल एक्तेनले जानकारी दिए । 

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com