Aamsanchar

एनआरएनए  युएईको चौथो  बैठक सम्पन्न

Author Image
सोमवार, फागुन १४, २०७४
[सुर्य खवास]
युएई,
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको चौथो बैठक विभिन्न महत्वपुर्ण निर्णय तथा विगतमा सम्पन्न गरेका कार्यक्रमहरूको समिक्षा गर्दै सम्पन्न भयो । बैठकले हाल सम्म सम्पन्न गरेका कार्यक्रमहरु सफल एवं  सकारात्मक परिणाम ल्याउन सफल भएको  निस्कर्ष निकाल्दै भाबी योजना सार्बजनिक गरेको छ।
होलि विषेश कार्यक्रम 
गैरआवासीय नेपाली संघ राष्ट्रीय  समन्वय परिषद युएईले आगामी मार्च २ तारिक होली पर्बको बिशेष अबसर पारेर युएईमा होलि बिशेष कार्यक्रम आयोजना गर्ने र उक्त कार्यक्रम आफसी संबन्ध बिस्तार, संस्कृति संरक्षण तथा प्रबर्दन गर्ने उदेश्यले युएईमा क्रियाशिल सम्पूर्ण संघ संस्थाको सहभागितामा बनभोज कार्यक्रमको अयोजना गर्ने भएको छ ।उक्त  कार्यक्रमको संयोजन गर्न निमित्त उपाअध्यक्ष नेत्र शर्मा लाइ संयोजक तोकिएको छ।
अन्तर संघ संस्था मैत्रीपुर्ण फुटबल प्रतियोगिता
आगामी २३ मार्च २०१८ का दिन अन्तर संघ संस्था मैत्रीपुर्ण फुटबल प्रतियोगिता गरिने भएको छ।  दुबई स्थित साफा पार्कमा हुने उक्त प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी संघका युवा संजाल प्रतिनिधि नबिन पौडेल तथा दुबै क्षेत्रीय अध्यक्ष मदन अधिकारीलाई तोकेको छ।
सरकारि अस्पतालमा उपचाररत नेपालिको लगत संकलन
युएईका  बिभिन्न सरकारी अस्पतालहरुमा  लामो समय देखि उपचाररत नेपालीहरुको विवरण संकलन गरि  सहयोग आवश्यक रहेकाहरुको पहिचान गरि प्राथिमिकताको आधारमा  सहयोग उपलब्ध गराउने समेत निर्णय बैठकले गरेको छ। उक्त कार्य सम्पन्न गर्न संघका केन्द्रिय सदस्य समशेर योञ्जन लाइ संयोजक तोकेको छ ।
कार्यास्थल दुर्घटनामा परेका टोप बहादुरलाई सहयोग 
कार्यस्थल दुर्घटनामा परि सम्बन्धित निकायले एक लाख दिराम बलड मनी तिर्नु पर्ने सजाय सुनाय पश्चात घर फिर्न नसकि  लामो समय देखि युएईमा रहनु भएका टोप बहादुर बिकको लागि सहयोग रकम र आबस्यक प्रक्रियाका बारेमा नेपाली दुतावास संग तत्काल सल्लाह गरि आवश्यक  पहलकदमी गैरआवासीय नेपाली संघ युएईले लिने र उक्त कार्यको संयोजन संघका अध्यक्ष रमेश श्रेष्ठले गर्ने निर्णय गररेको छ।
बिकको बिषयमा सहयोगको निमित्त गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदले यस अघि नै जम्मा तिर्नु पर्ने रकमको (१० %) दश प्रतिशत उपलब्ध गराउने भैसकेको छ।
प्राथमिक उपचार तालिममा सहकार्य 
डिस्कोभरि रोयल स्पोर्ट्स एल.एल सी कम्पनीको सहकार्यमा नेपालका ७ जिल्लामा पहिलो चरणमा निशुल्क प्रथामिक उपचार तालिम संचालन गर्ने निर्णय गरेको छ ।
तालिमलाई प्रभाबकारी एवं गुणात्मक रुपमा सफल बनाउनका निमित्त आवश्यक  सम्पूर्ण सहयोग उपलब्ध गराउने र उक्त कार्यक्रममा प्रतक्ष्य रुपमा सहभागी हुनका निमित्त संघका सचिब राजेश बोहरा लाइ उक्त तालिम संचालन हुने स्थानमै उपस्थित रहेर निरीक्षण तथा आवश्यक  संयोजन गर्नका निमित्त कार्यकारी तोकियाको छ।
सल्लाहकारको नियुक्ति

उक्त बैठकले संघको सल्लाहकारमा दुई सदस्य थप गर्ने निर्णय गरेको छ । यूएईमा लामो समयदेखि एनआरएन अभियानमा आबद्द रहदै गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद यूएईको बिभिन्न ओहोदामा रही अहम भूमिका निभाउँदै आउनु भएका साथै बिभिन्न सामाजिक कार्यमा क्रियासिल सालिक सुबेदी तथा बिकास अधिकारीलाई संघको सल्लाहाकारमा नियुक्त गरेको छ।

युएईका सबै नेपाली संघसंस्थासंग सहकार्य गर्ने

यूएईमा क्रियाशील रहेका बिभिन्न सामाजिक संघ संस्थाहरुसँग सम्बन्ध बिस्तार, सौहार्दता र आपसी सदभाब बृदी गर्दै सामाजिक कार्यमा हातेमालो गर्ने उदेश्यका साथ हरेेक हप्ता बिभिन्न संघ संस्था संग भेट घाट, परिचय तथा अन्तरक्रिया गरिने र उक्त कार्यक्रमको आवश्यक संयोजनका निमित्त संघका उपाअध्यक्ष बालकृष्ण मरासिनी लाइ संयोजकको जिम्मेवारी तोकिएको छ ।
त्यसै गरी सामाजिक कार्यमा सबैको सहभागिता र सहकार्यका निमित्त आगामी अप्रिल महिनामा यूएईमा रही व्यावसाय गर्नु हुने सम्पूर्ण नेपाली ब्यवसायीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने समेत संघको बैठकले निर्णय गरेको छ।
नारी दिवसमा अन्तरक्रिया

आउँदै गरेको नारी दिवसको अवसर परेर आगामी मार्च ९ का दिन युएईमा रहेका बिभिन्न संघ संस्थामा आबद्द महिला प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ।

तीजमा बृहत साङ्गितिक कार्यक्रम गर्ने

आगामी ७ सेप्टेम्बर २०१८ का दिन बृहत सांस्कृतिक कार्यक्रमको सहित वार्षिक उत्सब कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ।
उक्त कार्यक्रमकै समयमा नेपाली महिलाहरुको बिशेष चाड हरितालिका तिज समेत पर्ने हुँदा संस्कृतिक कार्यक्रम तिज बिशेष समेत हुने र उक्त कार्यक्रमा बाट उठेको रकम संघको आपतकालीन राहत तथा उद्दार कोषमा जम्मा गरिने भएको छ।

उक्त बृहत कार्यक्रमका निमित्त कार्यक्रम मुल आयोजक समितिसहित बिभिन्न उपसमिति समेत बनाएर कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 327

प्रतिक्रिया (०)