Aamsanchar

पहिलो भुजेल चलचित्र बन्दै

Author Image
बुधवार, फागुन १६, २०७४
[सुर्य खवास]
युएई ।
भुजेल समाज सेवा समितिको सकृयता, भकारी ईभेन्टस प्रालिको ब्यानरमा सेवानुङ  फिल्मस् प्रालिको प्रस्तुतिमा  भुजेल जातिको पहिचान र संस्कृतिलाई  मुख्य कथावस्तुमा बन्ने पहिलो भुजेल चलचित्र नि–प्हँुगाल (हामी भुजेल) को शुभमुहुर्त भुजेलहरुको ऐतिहासिक गाउँ तनहुँको आदिमुलमा गत हप्ता सम्पन्न भएको छ ।

रेशम भुजेलको परिकल्पना, कमल भुजेलको कथा, प्रकाश गुरुङको छायाङकन , कृष्णकुमार गुरुङको निर्देशन तथा सर्वज्ञमान शाक्य को सम्पादन रहने उक्त चलचित्रमा  विमल जिसी भुजेल, कमल भुजेल र पृथ्वी भुजेलको गरी तीन वटा गीत समावेश गरिएका छन ।

तनहुँको ऐतिहासिक भुजेल गाउँ आदिमुलका साथै पोखराको कास्किकोटमा छायाङ्कन गरिने छ । ३५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको चलचित्रको  छायाङ्कन २५ दिनमा सकिने निर्देशक गुरुङले जानकारी दिनु भयो ।
उक्त चलचित्रको मुख्य भुमिकामा भिम भुजेल, पूजा भुजेल, मिना भुजेल, रेशम भुजेल, कमल भुजेल, पृथ्वी भुजेल, सचिन भुजेल, ज्ञानु भुजेल, कोपिला भुजेल, बिमल भुजेल, बिष्णुमाया भुजेल, लालबहादुर भुजेल र सुरज भुजेल सहित करिब २४ जना कलाकारले अभिनय रहने छ ।

समावेश कथा सामाजिक रहेकोले कलाकार छनौटका लागि भुजेल समाज सेवा समिति कास्कीको आयोजनामा ३ दिने प्रशिक्षण कार्यक्रम गरिएको निर्देशक गुरुङले बताए । चलचित्रमा भुजेल र नेपाली भाषाको प्रयोग गरिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर