पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार

 मोरङ,

बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती रोगबाट पीडितको खोजी तथा प्रतिवेदन संकलन भइरहेको छ । अहिलेसम्म ११ पीडितको विवरण आइसकेको र आउने क्रम जारी छ । नगर कार्यकालिकाको सो निर्णयपछि विपन्न रोगीलाई उपचारमा थप सहयोग पुग्ने उहाँले बताउनुभयो ।

रोग लागेको अस्पताल तथा चिकित्सकले प्रमाणित गरेपछि नगरपालिकाले उक्त रकम उपलब्ध गराउने उपप्रमुख पराजुलीले बताउनुभयो ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com