Aamsanchar

झापा ११ र नेपाल आर्मीले आजै गरे आफ्नो जितहुने दावी

Author Image
आइतवार, फागुन २७, २०७४

विर्तामोड– मोफसलकै सवौधिक राशीको तेस्रो झापा गोल्डकपको उपाधिका लागि सोमवार आयोजक झापा ११ र नेपाल आर्मी आमनेसामने हुदैछन् ।
आइतवार आयोजित प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि आफूले जित्ने दावी गरे । झापाका प्रशिक्षक प्रवेश कटुवालले थ्री स्टार जस्तो वलियो प्रतिद्धन्द्धीलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले आर्मीलाई फाइनलमा पराजित गर्दै पुरानो पराजयको वदला लिने दावी गरे । उनले भने,‘हामी केही समयदेखि नियमित तालिममा छौ खेलाडी सवै फिट छन् त्यसैले जित हाम्रो पक्षमा छ ।’

झापा आर्मीसंग पहिलो झापा गोल्डकपमा पराजित भएको थियो । गत वर्ष झापाले पनि आर्मीलाई माइभ्याली गोल्डकपमा पराजित गरेको थियो ।
आर्मीका प्रशिक्षक चुनवहादुर थापाले आर्मीले यो सिजनमा ६ वटा ठूला गोल्डकप जितिसकेको बताउदै त्यही जितको उच्च मनोवल सिंगो टिममा रहेको बताए । ‘सिंगो टीम उपाधि जित्न आतुर छ’, उनले भने ।
उपाधि जित्ने टीमले १२ लाख ५१ हजार पाउने छ । उपविजेताले ६ लाखमा चित्त वुझाउनु पर्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर