Aamsanchar

तेस्रो झापा गोल्डकप र उपाधि भिडन्त / कसले मार्ला बाजी ?

Author Image
आइतवार, फागुन २७, २०७४

नरेन्द्र ढकाल

फुटबल भन्न बित्तिकै सबैको मन फुरुङ्ग हुनु स्वभाविकै हो । खेल मध्येको सबैभन्दा रुचाइएको खेल हो फुटबल । विभिन्न हिसाबले अग्रस्थानमा रहेको झापा खेल क्षेत्रमा पनि आफुलाई अग्रस्थानमा राख्न सफल भएको छ । झापा जिल्लामा जन्मेर विभिन्न क्लबहरुबाट खेल खेल्दै आएका खेलाडीहरुलाई आफ्नै जिल्लाको क्लबबाट खेल्न आग्रह गर्दै झापा–११ फुटबल क्लबको स्थापना भए लगत्तै सम्पूर्ण झापालीको मन जित्न सफल क्लबले सुरुवातमा नै उत्कृष्ट खेल प्रर्दशन गर्दै ए डिभिजन क्लबको मान्यता पाउन सफल भयो ।

राष्ट्रिय स्तरका उपाधि जित्न सफल झापा–११ ले पूर्वका खेल सर्मथकको साथ पाएको छ । बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशाला, भन्द्रपुरमा रहेको रंगशाला तथा कांकरभिट्टा, दकम लगात झापाका अधिकांश स्थानमा रहेका खेल मैदानले गर्दा पनि खेल प्रति लगाभ राख्नेहरुले प्रगतिको पथमा अघि बढ्ने मौका पाएका छन् । फुटबल खेलमा लामो समयसम्म आफ्नो जीवन ब्यत्ति गर्नेहरुले खेलाडीहरुलाई दिएको प्रोत्सहान पनि अविस्मरणीय रहेको छ ।

यहाँका उद्योगी, ब्यवसायी, खेलप्रेमी महानुभाव तथा पत्रकार सबैको साथ पाएको झापा गोल्डकपले फुटबल खेलको श्रीवृद्धिमा ठूलो योग्दान पु¥याएको छ । भनिन्छ खेलमा न कुनै जात हुन्छ न कुनै पार्टी, नत कुनै धर्मले नै रोक्छ । खेल भनेपनि मानिसले सबैकुरा भुलेर त्यसको मज्जा लिइरहेको हुन्छ भने खेलाडी आफ्नो टिमको सफलताका लागी प्रयत्नशिल हुन्छ । झापा गोल्डकपले झापाली खेलाडीको मात्र नभई खेलमा सहभागी टिमलाई आफ्नो खेलको विकासका निम्ति महत्वपूर्ण योग्दान पु¥याएको छ ।

विभिन्न स्थानमा गोल्डकपहरु ह्ुदै आएका छन् तर झापाको बिर्तामोड स्थित डोमालाल र्रगशालामा जारी प्रतियोगीताले खेल र उपाधि मात्र नभई खेल मैदान पनि उत्कृष्ट हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । यो रंगशाला देशकै उत्कृष्ट रंगशालाको रुपमा दर्ज भइरहेको छ । यसको ब्यवस्थापनका लागी खेल आयोजकले गरेको मेनहतको प्रशंसा जति गरेपनि अधुरै हुन सक्छ ।

खेल मैदान र झापाली दर्शकको साथ पाएको झापा–११ ले सोमबार (आज) हुने फाइनल भिडन्तमा कस्तो प्रर्दशन गर्ने हो भन्ने उत्सुक्ता आम झापालीमा ब्याप्त रहेको छ । यस अघिका प्रथम झापा गोल्डकप र दोस्रो झापा गोल्डकपमा उपविजेत ाबनेको झापा यस पटक भने उपाधि आफ्नै पोल्टामा पार्ने दाउमा रहेको छ । प्रथम झापा गोल्डकपमा आम झापालीलाई स्तब्ध बनाउदै उपाधि चुमेको त्रिभुवन आर्मी क्लब यस पटकपनि सोही दाउका साथ मैदान उत्रदैछ । हरेक खेलमा कुनै पनि खेलाडीले आफु हार्छु भनेर मैदान प्रवेश गर्दैन तर खेलको नियम नै यो हो की कुनै न कुनै एक टोली विजेता बन्नु पर्छ र अर्को उपविजेता बन्नैपर्छ ।

यो सिजनमा सुधारीएको प्रर्दन गर्न नसकेको झापालाई आफ्नै मैदानमा आयोजना भइरहेको उपाधि चुमेर फुटबलमा झापा–११ अब्बल छ भन्ने सन्देश दिन हतारो छ भने विपक्षी विरुद्ध कहिल्यै कमजोर नहुने अडान बोक्ने आर्मी आफ्नो दाउमा प्रयत्नशिल हुने छ । हरेक खेलमा विजयी हुन आ–आफ्नै रणनिित हुनै पर्छ । आज हुने झापा गोल्डकपको उपाधि भिडन्तमा झापाली दर्शकको भरपुर साथ पाउने झापाले सशक्त ढंगमा मैदान उत्रन जरुरी रहेको छ ।

झापा–११ ले आर्मी शारिरीक रुपमा बलियो टिम हो भन्ने मानसिकता तयार गरेर मैदान उत्रिएका झापाली दर्शक फेरी एक पटक निराश बनदै घर र्फकर्नु नपर्ला भन्न सकिन्न । हो आर्मी शारिरीक रुपमा अब्ब होला तर खेल मैदानमा उत्रिए पछि झापाली खेलाडीले आफुभनदा कमजोर टिम भएको भन्दै आत्मबल बलियो बनाउन सकेर रणनिितक खेल प्रर्दशन गर्न सके मात्रै उपाधि आफ्नै पोल्टामा पार्न सक्छ नत्र यसै भन्न सक्ने अवस्था छैन् ।

झापाले यघअघिका खेलमा भएका कमजोरीलाई सुधार गर्दै आफुलाई सशक्त ढंगमा प्रस्तुत गर्न सक्नुपर्छ । खेल प्रति यति धेरै जागरुक झापा र झापालीका लागी झापा गोल्डकप एतिहासिक अवसर पनि हो । अब झापाका खेल प्रेमीले विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने विषयमा सोच्न जरुरी रहेको छ । साथै यो आयोजनाले निरन्तरता पाउर्दै विशुद्ध राजनीति तथा ब्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेमा मात्रै यासको विकासले द्रुत गति प्राप्त गर्ने थियो ।

हरेक क्षेत्रमा राजनीतिले गर्दा किचलो आउने गरेका घटनाहरु आइरहदाँ समेत झापा गोल्डकप भित्र कुनै त्यस्तो र्दुगन्ध नआउनु आमझापाली फुटबल प्रेमीका लागी एउटा सुखद् समाचारको विषय हो । झापा गोल्डकपले नेपालमा मात्रै नभई अन्तराष्ट्रिय स्तरमा पनि एउटा छुट्टै पहिचान बनाउन सकोस् शुभकामना । साथै आज हुने आमी र आयोजक बीचको उपाधि भिडन्तका विजेता तथा उपविजेता दुवै टिमलाई सफलताको अग्रिम शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)