Aamsanchar

झापा गोल्डकपको उपाधी त्रिभुव आर्मीले हात पार्यो

Author Image
सोमवार, फागुन २८, २०७४

बिर्तामोड । बिर्तामोडमा भएको रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगितामा आयोजक रमपम झापा ११ लाई सडन डेथमा ८−७ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

निर्धारित समय १−१ को बराबरी भएपछि खेलमा १५ मिनेट समय थप गरिएको थियो । थपिएको समयमा पनि दुबै टीमबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा समेत ३−३ गोल भएपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा झापाका गोलकिपर किशोर गिरीको प्रहार आर्मीका गोल रक्षक बिकेश कुथुले रोकेपछि उपाधि आर्मीको पक्षमा गएको थियो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । खेलको ४९ औं मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बुले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । खमिर गिल्सन कन्दङवाले मिलाइदिएको पासलाई लिम्बुले सुन्दर गोल गरेका थिए । अन्तिमसमयको १० मिनेट झापा सम्हालिन नसक्दा उपाधि हात पार्ने मौका चुकाएको थियो । स्ट्राइकर भरत खवासले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

पहिलो हाफमा झापाले आक्रामक तथा आर्मीले रक्षात्मक खेल खेलेका थिए । झापाका दर्जनौ प्रहार खेर गएका थिए भने दोस्रो हाफमा आर्मीले समालिएको प्रदर्शन गरेको थियो । तर, झापाको मजबुत डिफेन्डीङका कारण आर्मीले स्कोर गर्न भने सकेको थिएन । झापाले गोलडकपमा तेस्रो पटकपनि उपाधि हात पार्न सकेन । पहिलो संस्करणमा आर्मीसँगै पराजित झापाले दोस्रो संस्करणमा मनाङसँग पराजय ब्यहोरेको थियो । मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको झापा गोल्डकपको उपाधिसँगै आर्मीले १२ लाख ५१ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता झापाले ६ लाखमा चित्त बुझायो ।

तेस्रो संस्करणमा झापाका मिडफिल्डर योगेश गुरुङ मष्ट भ्यालुएबल प्लेयर बनेका छन् । उनले यामाहा कम्पनिको एउटा मोटरसाइकल प्राप्त गरे । त्यस्तै प्रतियोगिताका उत्कृष्ठ गोलकिपर आर्मीका बिकेश कुथु, उत्कृष्ठ डिफेनडर झापाका देबेन्द्र तामाङ, उत्कृष्ठ मिडफिल्डर आर्मीका सन्तोष तामाङ र बेष्ट कोच आर्मीका चुनबहादुर थापा घोषित भए । उनीहरुले क्रमश ३१ हजार रुपैंयाँ पुरस्कार प्रदान गरियो ।

त्यस्तै झापाका कर्ण लिम्बु हाइएष्ट स्कोरर हुँदै नगद ५१ हजार रुपैयाँ प्राप्त गरे । उनले प्रतियोगिताभर ३ गोल गरेका थिए । फाइनल खेलमा झापाका बिश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । आयोजकले अपेक्षा गरेभन्दा धेरै दर्शकको उपस्थिती भएपछि दर्शकलाई व्यवस्थि गर्न मुस्किल परेको थियो ।

आठ हजार दर्शकको उपस्थिति हुने अनुमान गरिएकोमा दश हजार बढी दर्शक खेल हेर्न आएका थिए । प्रतियोगितामा प्रमुख अतिथि नेपाल कांग्रेस नेता कृष्णप्रसाद सिटौला, आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरी लगायत पदाधिकारीहरुले विजेतालाई नगद तथा ट्रफी प्रदान गरेका थिए ।

अरु फोटोहरु पनि हेर्नुहोस् ।

        

फोटो : विनोद पाण्डे कमल /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर