Aamsanchar

गोमादेवीलाई सहयोग हस्तान्तरण

Author Image
मङ्गलवार, फागुन २९, २०७४

(शान्तिराम बस्नेत)
शिवसताक्षी,

गत माघ ३ गते पूर्व पश्चिम लोकमार्ग अन्तर्गत शिवसताक्षी १० मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको उपचारका लागि सहयोग हस्तान्तरण गरिएको छ ।

गोमादेवी गुरागाँईं बचाउ अभियान सुरु गरेपछि शिवसताक्षी १० निवासी हाल इजरायल बस्दै आएकी ममता लिम्बुको पहल तथा सोही स्थानकै मकाऊमा बस्दै आएका सुरेश योङ्गहाङ्ग तथा गीता मगरको पहलमा त्यहाँ बसोबास गर्ने दयालु मन भएकाहरुको सहयोगमा रकम प्राप्त भएको हो ।

उनीहरुले जम्मा गरि कैलाश शिखर फाउण्डेशन मार्फत पठाएको रकम बिर्तामोडमा रहेको एन.एम.बी.बैंकमा जम्मा गरी पहिलो पटक १ लाख २० हजार ५ सय रुपैंया, दोस्रो पटक ३० हजार र फागुन २९ गते तेस्रो पटक १ लाख ५५ हजार ७ सय ९४ रुपैंया गरी हालसम्म ३ लाख ६ हजार ३ सय ४९ रुपैंया परिवारलाई हस्तान्तरण गरी सकिएको कैलाश शिखर फाउण्डेशनका कैलाश विक्रम वनेमले बताए ।

तेस्रो पटकको रकम हस्तान्तरण कार्यक्रममा गोमादेवी गुरागाँईं बचाउ अभियानका संयोजक नरेश योङ्गहाङ्गको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रममा स्थानीय बुद्धिजीवि तथा समाजसेवी दुर्गेश योङ्गहाङ्ग, मोदनाथ गौतम, पदम कुँवर, कैलाश वनेम लगायतले यस अभियानलाई गोमा शारीरिक रुपमा ठीक नहुञ्जेलसम्म निरन्तरता दिइरहने बताए ।

गत माघ ३ गते घाँसको भारी बोकेर बाटो काट्न् क्रममा मोटर साइकलले ठक्कर दिएर गम्भीर घाइते बनेकी गोमाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइसीयुमा उपचाररत छिन् भने मोटरसाइकल चालकको तत्कालै निधन भएको थियो । उक्त मोटरसाइकलका धनी झापाको कुञ्जिबारी झोडाका बिजय लिम्बुलाई कुमरखोदबाट पक्राउ गरी इप्रका झिलझिलेमा राखिएको छ ।

विदेशमा दिनरात खटेर पसिना बगाएर कमाएको रकमबाट आफ्नो देश तथा गाँऊमा विपतिमा परेकाहरुलाई गरेको सहयोग तथा दयालु हातहरुलाई सलाम गर्नुको विकल्प छैन साथै कैलाश शिखर फाउण्डेशन तथा उक्त क्षेत्रका स्थानीय बासीले देखाएको चासो र गरेको सहयोगको कार्यको प्रशंसनीय छ ।
गोमादेवी गुरागाँईंको उपचारमा १२ लाख बढी खर्च भइसकेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर