Aamsanchar

‘वाउन्सर’को प्रयोग गरेर आफ्नै साथीको हत्या, सम्पत्तिमा डरलाग्दो अपराध

Author Image
मङ्गलवार, फागुन २९, २०७४

बिर्तामोड ।

बिर्तामोडमा रहेको ऋद्धिशिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ ।

उनले आफ्नै पसलमा राखेका ‘वाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या गरेको खुलासा भएको हो । गत फागुन २० गतेदेखि वेपत्ता बनेका साजनलाई पारसले बिर्तामोडस्थित आफ्नै घरमा पु¥याएर हत्या गरेको प्रहरीले आज पत्रकार सम्मेलन गर्दै घटनाका विषयमा जानकारी गराएको छ ।

घटनामा सम्लंग्न भएको भन्दै ऋद्धिशिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय देव सहित बिर्तामोड– ८ त्रिवेणी टोल निवासी १९ वर्षीय दिपेश पौडेल र तेह्रथुमको छातेढुङ्गा ८ घर भई बिर्तामोड – ३ शैनिक मोड बस्तै आएका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुलाई मानव अपहरण तथा शरीर वन्धक , खुन डाका र संगठित अपराध अन्तरगत मुद्धामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केशीले जानकारी दिनुभयो । पक्राउ परेका ओली माओवादीका पूर्व लडाकु भएको बताइएको छ । उनी ऋद्धिशिद्धि ज्वेलर्समा ‘वाउन्सर’को रुपमा कार्यरत रहेको बताइएको छ ।

प्रहरीले उनीहरुका साथबाट घटनामा सम्लग्न भएको एक थान स्कुटर र सुनका गहरगहना , सिम सहितका ६ थान मोवाइल सेट समेत बरामत गरेको प्रहरी उपरीक्षक केशीे बताउनुभयो । घटनामा संम्लग्न अन्य व्यक्तिपनि रहेकाले उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ । हत्यामा संम्लग्न मध्ये ओलीलाई प्रहरीले तेह्रथुमको संग्रान्ती वजारबाट सोमवार नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार मृतक मुखिया र ऋद्धिशिद्धि ज्वेलर्सका सञ्चालक बिर्तामोडका ठूला सुन व्यपारी हुन् । उनीहरुले लामो समयदेखि सुनको कारोवार गर्दै आएको बताइएको छ ।

गत फागुन २० गते श्रीमतीलाई मार्केट पुगेर आउँछु भन्दै हिँडेका उनी एकाएक वेपत्ता भएका थिए । वेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमवार मात्र शव फेला परेको थियो । उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब १०० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो । दुवैहात पछाडि बाधेर, घाँटीमा डोरीले कसेको र वोरामा प्याक गरेर फालिएका साजनको हत्या भने झापामै भएको प्रहरीले जनाएको छ ।

यता सुन व्यवसायीको हत्याको विरोधमा आज विर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले बिर्तामोड बजार बन्द गराएका थिए ।

यसरी भयो मुखियाको हत्या

ऋद्धिशिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले सुन किन्ने वहानामा साजनलाई बिर्तामोडस्थित एभरेष्ट वैंक नजिकैबाट बिर्तामोड –५ वस्ने रुप नारायण दाहालको नाममा रहेको मे ७ प ८७५४ नम्वरको स्टुरको पछाडि राखेर पारस आफैंले बिर्तामोड–५ तमु टोलमा रहेको आफ्नो खाली घरमा पु¥याएका थिए ।

सोही घरको पहिलो तलाको उत्तर तर्फ रहेको कोठामा लगेर उनलाई वन्धक बनाई प्रकाश भनिने चिरञ्जीवी ओली , दिपेश पौडेल र पारसकुमार देवले सुनियोजित तरिकाले मुखियालाई कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मुखियालाई हत्या गर्न काटुन वाध्न प्रयोग गरिने प्लाष्टिकको सेतो चोया डोरीले दुवै हात पछाडि बाधेर मुखियाको घाटीमा सोही प्लाष्टिकको डोरीले वाँधेर हत्या गरेको र उनको साथमा रहेको नगद, सुनको ढिक्का, सुनका गहरगहना लुटेको प्रहरीले जनाएको छ ।

फागुन २० गते १ः ३० वजे पारससंग हिँडेका साजनलाई दुई घण्टा भित्रमा हत्या गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको झापाका प्रहरी प्रमुख केशीले बताए । उनले भने–मुखियाको लासलाई जुटको वोरा भित्र हालेर सोही दिन साँझ भारतीय नम्वर प्लेटको गाडीमा राखेर शनिश्चरे रोड हुँदै सिधै वुधवारे निकालेर इलाम तर्फ लगिएको थियो ।

मेची राजमार्ग अन्तरगत इलाको रोङ गाउँपालिका ३ मा रहेको ठाडो भीरबाट साजनको लास वोरा सहित फालिएको खुलेको छ । साजन र पारस अत्यन्त नजिकका साथी रहेकाले कसैले आशंका नगर्ने दृष्टिकोणले हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

पारस र साजन साथी मात्र नभई दुवै जना सुनको कारोवार गर्ने र साजन छोटो समयमा अधिक आर्थिक उपार्जन गर्न सफल भएका कारण पारसको व्यवसायमा क्रमिक गिरावट आएपछि विवाद हुँदै आएको र साजनको हत्या गरेका आफ्नो व्यवसाय फस्टाउने धेयले पारसले चिरञ्नीवी र दिपेश लगायतलाई पैसा दिई उनको हत्या गर्न लगाएको खुलेको प्रहरको भनाई छ । पारसले लामो समयदेखि साजनको हत्या गर्ने योजना बनाएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर