Aamsanchar

लागुऔषधसहित दुई पक्राउ

Author Image
मङ्गलवार, फागुन २९, २०७४

इनरुवा, 

धरान उपमहानगरपालिका– ८ बाट लागुऔषधसहित आज दुई जना पक्राउ परेका छन् ।

पक्राउपर्नेमा स्थानीय २९ वर्षीय कुलदीप शाह र ३४ वर्षीय सुशीला थापा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भारतीय बजारबाट अवैधरुपमा लागुऔषध लिएर धरानतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई धरान उपमहानगरपालिका– ८ हरियाली चोकबाट लागुऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट स्पासमो प्रोक्सिभन ४६८ क्याप्सुल र नगद रु ५७ हजार बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर