Aamsanchar

अटोरिक्सा पल्टिँदा चालकको मृत्यु

Author Image
मङ्गलवार, फागुन २९, २०७४

भीमदत्तनगर, 

कञ्चनपुर भीमदत्तनगरमा आज अटोरिक्सा पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१५ का ४७ वर्षीय चालक दीपु खुना रहेको प्रहरीले जनाएको छ ।

भीमदत्तनगरबाट गड्डाचौकीतर्फ गइरहेको ओन टेष्ट अटोरिक्सा भीमदत्तनगरपालिका–६ बनगाउँ चौराहामा सडकबाट करिब १० मिटर तल खसेर बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका चालक खुनाको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जनाकारी दिनुभयो ।

मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर