Aamsanchar

झापामा कृषिचुनको प्रयोग बढ्दै

Author Image
बुधवार, फागुन ३०, २०७४

दमक।

झापाको अधिकांश ठाउँको माटोमा अधिक मात्रामा अम्लियपन रहेको र उर्वराशक्ति हराउँदै गएपछि माटोको उत्पादकत्व बढाउन कृषि चुनको प्रयोग बढ्न थालेको छ ।

सहकारीहरुले माटोको स्वास्थ्य शिविर गर्ने प्रचलन बढ्न थालेसँगै कृषि चुनको प्रयोग बढ्न थालेको पाईएको हो । जिल्ला कृषि बिकास कार्यालय झापा, प्रधानमन्त्री कृषि आधुनिकरण कार्य कृषक समूह र कृषि सहकारी संस्थाहरु मार्फत अनुदानमा कृषि चुन उपलब्ध गराउँदै आइएको उनले जानकारी दिए । रसायनिक मल प्रयोगलाई निरुत्साहित गर्दै कृषि चुनको प्रयोगलाई बढवा दिन स्थानीय सर क्रम र विभिन्न कृषि सहकारी संस्थाहरु र नगरपालिका तथा गाउँपालिकाले कृषि चुनमा किसानहरुलाइ अनुदान दिँदै आएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम मार्फत कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि चुन उपलब्ध गराइने गरेको र अहिले किसानहरु कृषि चुनमा आकर्षित बनेको धान सुपरजोन प्रमुख एवम् बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिम्सिनाले बताए । उनका अनुसार कृषि चुनको प्रयोगले बिग्रएको र उत्पादन घट्ने गरेको माटोमा सुधार आएर उत्पादन बढ्छ भनेर किसानहरुलाई भन्दा शुरुमा नपत्याए पनि अहिले बिस्तारै पत्याउने अवस्था आएको छ ।
कारको रुपमा रहेका नगरपालिका तथा गाउँपालिकाहरुले समेत अनुदान दिँदै आएका छन् ।

कमल गाउँपालिकाले यो बर्ष कृषि चुनमा ढुवानी अनुदान दिएको छ । आफूहरुले कृषि शाखा मार्फत ८० टन कृषि चुन ल्याएको र कृषक समूह तथा कृषि सहकारीसंस्था मार्फत किसानसम्म पुर्याइने कृषि प्राविधिक प्रेम पोखरेलले बताए । आइपिएम कृषिप्रणालीलाई प्रोत्साहन गर्नका लागि कृषिचुनमा अनुदानको व्यवस्था मिलाइएको समेत जनाइएको छ ।

माटो परीक्षण प्रयोगशाला सुरुङ्गाका प्रमुख एवम् माटो बिज्ञ हरि भुजेलका अनुसार आफूहरुले माटो परीक्षण गरेर कृषिचुनको प्रयोग गर्नलाई सिफारीस गर्ने गरिएको छ । झापामा माटोको अवस्था बिग्रिएर दयनीय रहेको जनाउँदै कृषिचुनको प्रयोगको अरु बिकल्प खासै नरहेको उनको भनाइ थियो । झापाको माटोको अवस्था हेर्दा एक कठ्ठामा एक सय २० बोरासम्म कृषिचुनको प्रयोग गर्नुपर्ने अवस्थामा रहेको कृषि प्राविधिकहरुले बताउँदै आएका छन् ।

जिल्ला कृषि बिकास कार्यालय झापाका योजना शाखाका धर्म कटवालले पछिल्लो समयमा गाउँपालिका र नगरपालिकाले ५० देखि एक सय टनसम्म कृषिचुन ल्याइरहेको सूचना प्राप्त भएको बताए । बुद्धशान्ति गाउँपालिकाले मात्र यो बर्ष एक सय टनभन्दा कृषि चुन ल्याएको उनले बताए । गतबर्ष तीन सय टनको हाराहारीमा कृषिचुन झापामा आएको र यो बर्ष दोब्बरभन्दा बढीले बढ्ने आफूहरुले पाएको पनि उनले बताए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर