Aamsanchar

अर्जुनधारानगरपालिकामा महिलाहरुले भब्य कार्यक्रम गरे

Author Image
बुधवार, फागुन ३०, २०७४

खुदुनाबारी,

आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने मूल नाराका साथ १ सय ८ औं अन्तराष्ट्रिय महिला दिवस विशेष कार्यक्रम अर्जुनधारा नगरपालिकाको पाङ्गणमा सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिकाका उप–प्रमुख कमला खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी रिक्सा चालक फूलमाया धिमाल थिइन ।

इन्द्रिरा पराजुलीले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेकपा एमालेका अर्जुनधारा अध्यक्ष प्रेम सागर सापकोटा, नेपाली काग्रेसका जिल्ला सदस्य सरस्वती सिटौला, महिला नेतृ कुसुम राई, नेकपा माओवादी केन्द्रका अस्मिता कन्दङवा, नेपाली काग्रेसका नगर अध्यक्ष हेमराज खरेल, माओवादी केन्द्र दिपेन्द्र लम्साल, संघीय समाजवादी फोरमका सिर्जलाल चौधरी, नेकपा माओवादी कान्तिकारीका हरि दहाल, राप्रपा नेपाल छविलाल लम्साल, अनेम संघका नगर सचिव कमला भण्डारी, बोर्ड सदस्य दिलिप गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा चन्द्र माया मिश्र, नौनकला श्रेष्ठ, हरिमाया चापागाई, सुक्रमाया लिम्बु, नारायणी सेडाई, कलावती गौतम, पम्फा देवी कार्की, कृष्ण माया पनेरु, पद्धमा देवी ओलीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा बन्दी सहायता नेपालकी नेतृ इन्द्रिरा रानालाई समेत सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी धिमाललाई सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान पनि गरिएको बताइएको छ ।

कार्यक्रममा विभिन्न वडाका सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । २४ गते हुने कार्यक्रम प्रावधिक कारणले हुन नसकेर विशेष कार्यक्रमको रुपमा मनाएर सम्पन्न गरेको आयोजकले जनाएको छ । कार्यक्रम संञ्चालन नगर कर्मचारी पुष्पा पौड्यालले गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)