Aamsanchar

सञ्जिव बचाउ अभियान समितिद्धारा सहयोग गर्न आग्रह

Author Image
बुधवार, फागुन ३०, २०७४

(प्रकाश उप्रेती)
झापा ।

१ कठ्ठा जमिनमा फुस्को टाँटीबेराको घर छ । उनको बुबाको कलोजो ड्यामेज भएर ६ वर्षअघि वित्नुभयो । १ जना सौतेनी दिदी र दाजु छन् । दाजु बेरोजगारी छन् । आमाले जाडो महिनामा भक्का र गर्मी महिनामा मजदुरी गरेर घरमा गर्जो टार्दै आएकी छन् । यो परिवारमा गत माघ २ गते बज्र प¥यो । झापा मेचीनगर–१४ का सञ्जीव राजवंशी माघ २ गते भारतको सिलिगुढीस्थित आफन्तकोमा जाने क्रममा २२ चक्के भारतीय मालवहाक ट्रकको ठक्करबाट शक्त घाइते भएका थिए ।

भारतीय सवारी दुर्घटनामा परी शक्त घाइते सञ्जीव हाल काठमाडौंस्थित टिचिङ हस्पिटलमा उपचारर्थ छन् । भारतीय ट्रक धनीले ट्राफिक नियम मिचेपछि दुर्घटना भएको र आफूले उपचार गर्न नसक्ने भन्दै पन्छिए । सञ्जीवको उपचार अन्योलमा प¥योे । दुवै खुट्टाको हड्डी भाँचिएको छ । आम्दानी केही छैन । उपचारका लागि जोह गर्ने आधार छैन । टिचिङ हस्पिटलको बेडमा छोराको कुरुवा बसेकी मेनुकाले भनिन्, ‘मेरो जीउने आधार मेरो छोरालाई बचाइदिनुस् । अपील गर्छु ।

राजवंशीको उपचारका लागि समिति गठन भयो । सञ्जिव राजवंशी बचाउ अभियान समितिले आर्थिक संकलनमा जुटेपनि उपचारका अझै ४ लाखबढी लाग्ने अनुमान गरिएको समितिमा संयोजक मुनिलाल राजवंशीले बताए । लागी परेरै उपचारमा अस्पतालले आन्तरिक खर्चमा छुट ग¥र्यो ।

औषधि बाहिर किन्नुपर्दा निकै खर्च लाग्दै आएको छ । संयोजक राजवंशीले भने,‘दुवै खुट्टामा समस्या देखिएपछि स्टिल हाल्ने र प्लाष्टिक सर्जरी समेत गरिसक्यो । त्यसको औषधिका लागि दैनिक ३ हजारबढी खर्च हुँदै आएको छ । अझै २ महिना अस्पतालको निगारानीमा राख्नुपर्ने बाध्यता छ ।’ राजवंशीको उपचारका स्थानीय निकायले सहयोगको बचन दिएपछि हालसम्म सहयोग नगरेको उनको भनाई ।

संकलित रकम झण्डै डेढ लाख खर्च भइसकेको र अरु ३ लाख बढी औषधिमा खर्च हुने आर्थिक समितिका संयोजक कृष्णकुमारी सुवेदीको भनाई छ ।
घाइते राजवंशीको उपचारका लागि ग्लबल बैंकको खाता नम्बर ७७०७०१०००३४२८ मा सक्दो सहयोग जम्मा गर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)