Aamsanchar

विदेशको ज्ञान स्वदेशमा प्रयोग गर्दै झापाका सागर

Author Image
बुधवार, फागुन ३०, २०७४

बिर्तामोड ।


विदेशमा गरेको दुःख र कष्टका साथ आर्जन गरेको सीप अनि ज्ञानलाई आफ्नै जन्मथलोमा प्रयोग गर्ने र त्यहाँ बगाउने पसिना आफ्नै देशमा बगाउने हो भने सामाजिक सोच र विचारमा परिवर्तन मात्र हैन प्रविधि–मैत्री र पारदर्शी समाजको विकास गर्न सकिदो रहेछ भन्ने उदाहरण झापाको विर्तामोड नगरपालिका–१ का सागर ढकालले हामी माझ पेश गरिदिएका छन् ।

युरोपीयन देश चेक गणतन्त्रमा १० वर्षसम्म बसेर फर्किएका ढकाल त्यहाँको कारोवार, कानुन र ब्यवस्थापन बाट प्रभावित भएका छन् । चेक गणतन्त्रमै अध्ययन गरि त्यहीं लामो समय सम्म विविध क्षेत्रमा अनुभव बटुलेका ढकाल झापा जिल्लाकै प्रथम रियल इस्टेट एजेन्सी (नेपाल प्रोपर्टी सर्भिसेस) का संस्थापक समेत हुन् । युरोप अमेरीकामा जस्तै कारोवारलाई ब्यवस्थित गर्न सक्ने हो भने नेपालमा पनि कुनै कुराको कमी नहुने साथै हाल घर–जग्गाको कारोवारमा देखिएका विविध समस्याहरु नआउने उनको धारणा रहेको छ ।

युरोपमा सरल र आधुनिक पद्घति द्वारा हुने गरेको घर–जग्गा सम्बन्धिको काम देखेर प्रभावित भएका ढकालले झापामा आए लगत्तै २०७१ साल बाट नेपाल प्रोपर्टी सर्भिसेस नामक कम्पनी सञ्चालनमा ल्याएर काम सुरु गरेका छन् । घर–जग्गाको कारोवारमा लामो समयको अनुभव लिएका ढकाल हाम्रो समाजमा बर्षौं देखि चल्दै आएको अब्यबस्थित, पुरानो, र भद्दा शैलीबाट हुँदै गरेको घर–जग्गाको कारोवारलाई ब्यबस्थित गर्दै नयाँ जमानाको प्रविधि–मैत्री समाजको निर्माणमा जुटेका छन् । अथक परिश्रम, पारदर्शी र सेवा मुखी ब्यबहार नै उनको सफलताको मन्त्र रहेको बताऊँछन् ।

मानिसहरुको आवादी बढ्दै गएको साथै मानिस अति ब्यस्त र सुविधा भोगी बन्दै गएको समयमा नेपाल प्रोपर्टी सर्भिसेसले घर–जग्गा भाडामा लिन–दिन, खरिद–बिक्रि गर्न परामर्श दिने र सहजीकरण गराउने साथै घर–जग्गाको व्यवस्थापन गर्ने जस्ता सबै सेवाहरु एकै स्थान बाट प्रदान गर्दा सेवा ग्राहीहरुको चाप बढ्दै गएको उनले बताए । नेपाल प्रोपर्टी सर्भिसेसले घर–जग्गा सम्बन्धि सम्पूर्ण कारोबारका साथै ब्यवस्थापनको जिम्मा लिने तथा घर–जग्गा सम्बन्धि कुनै सेवा सुविधा तथा जानकारी चाहीएमा त्यस सम्बन्धि परामर्श पनि दिने ढकालले बताए ।

नियम र कानुमा चलेकाले युरोप संसारकै लागि उदाहरण भएको भन्दै ढकालले भने त्यहाँको अति ब्यवस्थित कारोवार र ब्यवस्थापनले मलाई धेरै प्रभावित बनायो यस्तो काम नेपालमा पनि गर्न सकिन्छ भनेर आफुले यो संस्था सुरु गरेको बताए । ढकालले भने ग्राहकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नसक्ने हो भने अब यस्ता सेवा मुखी ब्यवसाय हरुले नेपालमा ठूलो सम्भावना बोकेको छ ।

एकै स्थान बाट सबै सेवा उपलब्ध गराउनुको साथै विभिन्न जानकारीहरु आफ्नै वेभ–साइट www.neprose.com मार्फत गराउने यस संस्थाले टेलिफोन नं. ०२३–५४६०८९ मा विर्तामोड बाट मात्र नभई नेपालका विभिन्न स्थानको घर–जग्गा तथा अचल–सम्पत्तिकोे ब्यवस्थापनको विषयमा ग्राहकहरुले जानकारी लिने गरेको बताए । नेपाल प्रोपर्टी सर्भिसेस बाट हालसम्म विर्तामोडमा मात्र करिब एक हजार भन्दा बढीले सेवा–सुविधा लिइसकेका छन् । आफुले गरेको कारोबारको पुरा जिम्मेवारी लिएर नियम र कानुन भित्र रही काम गर्दा अहिले सम्म कुनै समस्या नआएको जानकारी समेत ढकालले दिए ।

घर–जग्गाको कारोबार भन्नासाथ दलालको रुपमा हेर्ने गरेपनि आफुहरुले कुनै पनि सेवाग्राहीलाई ठग्ने तथा झुटा आश्वासन नदिने बताए । सम्बन्धित क्षेत्रमा आवस्यक ज्ञान, सीप र अनुभव भएका कारण नेपाल प्रोपर्टी सर्भिसेस संग कारोबार गर्दा ग्राहकले कुनै चुनौतीको सामना गर्नु नपर्ने समेत उल्लेख गर्दै ढकालले भने उनले आफुहरुले कानुन सम्मत रुपमा कम्पनी दर्ता गराएको, कर तिरेको र उद्योग वाणिज्य संघ विर्तामोड, प्रोपर्टी डिलर्स एसोसिएसन नेपालमा समेत दर्ता गराएर नेपाल सरकारको ऐन–कानुन भित्र रही आधिकारीक रुपमा सेवा प्रवाह गर्दै आएको जानकारी दिए ।

उनले विदेशमा धेरै दुःख गर्नुपर्ने भन्दै युरोपीयन देशहरुले कडा मेनहत गर्दै मर्यादित भई ब्यबसाय गरेका कारण उनीहरु विकसित बन्न सफल भएको धारणा ब्यक्त गरे । नेपालमा कानुन बन्ने तर कार्यान्व्यन नहुने प्रवृत्तिले गर्दा देशको विकास नहुने भन्दै युवा शक्तिले नेपालको विकास गर्ने हो भने आफ्नै देशमा केही गर्नुपर्ने सुझाव दिए । एकै पटक कुनैपनि स्थानबाट पैसाको वर्षा नहुने भन्दै मेनहत गरेमा नेपालमा सम्भावनाको खानी रहेको विचार ब्यक्त गरे ।

ढकालले विदेशमा भाँडा माज्न र झाडु लाउन तयार हुनेहरुले आफ्नै देशमा पैरख गर्न भने लजाउने गरेकाले देश विकासको पथमा अगाडी बढ्न नसकेको विचार ब्यक्त गरे । उनले युरोप अमेरीकामा पुग्ने जति सबैले सुख र सुविधा पाइन्छ भन्ने भ्रम नपाल्न समेत सुझाव दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर