Aamsanchar

उपचार कक्ष भवन निर्माण

Author Image
शनिवार, चैत ३, २०७४

बाबियाचौर,

म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालमा रु एक करोडको लागतमा २६ श्यया क्षमताका उपचार कक्ष भवन निर्माण भएको छ ।

स्वास्थ्य मन्त्रालयबाट रु ७३ लाख र अस्पताल विकास समितिबाट रु १४ लाख गरी कुल रु एक करोडको लागतमा निर्माण भएको एक÷एक तले पक्की भवनमा २६ वटा श्यया रहेको छ । अन्तरंग, शल्यक्रिया, प्रसूति, गर्भपतन र सुत्केरीका बिरामीका लागि छुट्टाछुट्टै कोठामा श्ययाको व्यवस्था गरिएको अस्पतालका निमित्त प्रमुख डाक्टर विराट शर्माले बताउनुभयो ।

नयाँ भवन बनेपछि काम गर्न सजिलो र बिरामीलाई सहजरुपमा उपचार सेवा दिन सकिने डाक्टर शर्माले बताउनुभयो । बेनी अस्पतालमा गत मंसिरदेखि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङमार्फत रु १८ करोड ८४ लाख आठ हजार ८९ को लागतमा ५० श्यया क्षमताको भवन निर्माण कार्य शुरु भएको थियो ।

अस्पतालको सेवालाई सहजरुपमा सुचारु गर्नका लागि वैकल्पिक भवन निर्माण गरिएको विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । करिब छ महिनादेखि जनस्वास्थ्य कार्यालयको भुइँतलाबाट सञ्चालन हुँदै आएको अन्तरंग विभागलाई शुक्रबारदेखि नयाँ भवनमा स्थानान्तरण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)