Aamsanchar

देश अब समृद्धितर्फ : पूर्वप्रम खनाल

Author Image
शनिवार, चैत ३, २०७४

इलाम, 

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब बन्ने सरकार स्थायी हुने भएकाले देशमा दिगो विकास हुने बताउनुभएको छ ।

इलामको सूर्योदय नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कपको फाइनल खेलका अवसरमा इलाम आउनुभएको उहाँले यस्तो बताउनुभएको हो । “वाम गठबन्धनको सरकार स्थायी र विकासप्रेमी हुन्छ”, उहाँले भन्नुभयो, “विकास निर्माणमा कसैले चिन्ता नगर्नुस् ।”

अब देश समृद्धिको दिशातर्फ अघि बढेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले जनतालाई समेत विकास निर्माणमा चासो राख्न आग्रह गर्नुभयो ।

स्थानीय सरकारले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा उहाँको थियो । सहकार्य गरेर दिगो विकास र समृद्धिको दिशातर्फ लाग्न उहाँले जनप्रतिनिधिलाई आग्रहसमेत गर्नुभयो ।

फरक प्रसंगमा उहाँले इलाम र सूर्योदय नगरपालिकालाई खेलकूद क्षेत्रमा विकास गराउन आफूले सक्दो प्रयास गर्ने बताउनुभ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर