Aamsanchar

विज्ञान प्रयोगात्मक प्रशिक्षण तालिम सम्पन्न

Author Image
शनिवार, चैत ३, २०७४

झापा,

अर्जुनधारा नगरपालिका शिक्षा शाखाको आयोजना र अक्सफोर्ड एकाडेमिक सेन्टर प्रालि बिर्तामोडको सहजीकरणमा दुई दिने विज्ञान प्रयोगात्मक प्रशिक्षण तालिम आईतवार सम्पन्न भएको छ ।

संस्थागत विद्यालय संगठन नगरका संयोजक रुद्रप्रसाद सिटौलालको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका शिक्षा प्रमुख जानुका गुरागाई रहेकी थिइन् । सो अवसरमा तालिमको औचित्य प्रष्ट्याउँदै अर्जुनधारा नगरपालिक झापामै शिक्षाको क्षेत्रमा नमुना बनाउने शिक्षा प्रमुख गुरागाई ले उद्घोष गरेन ।

लेखक तथा प्रशिक्षक तीर्थराज ढकाल प्रशिक्षक रहेको कार्यक्रममा नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय अन्र्तगतको आधारभूत र माध्यमिक तहका विज्ञान विषय अध्यापन गराउने ३८ जना शिक्षकको सहभागिता रहेको थियो ।बिज्ञान सिकाई समन्धी सामाग्री समेत बितरण गरिएको थियो। तालिममा भौतिक विज्ञान, रसायनिक विज्ञान र जीव विज्ञानका ३१ वटा अभ्यास गराईएको छ ।

प्रशिक्षार्थीहरु लक्ष्मी प्रसाद खतिवडा , श्रीजना रोक्का राम बर्देवा रन्जु अधिकारी सुलभ मैनालीलगायतले प्रभाबकारी तालिमबारे आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन केशव मैनालीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)